सञ्चार मन्त्रालयको बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ (पूर्णपाठ)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिनुभएको छ।
खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ ।
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने
समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद् बोर्डले बैठकको कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो ।
सरकारले ११७ वटा विधेयकलाई अगाडि बढाउन लागेको छ : मन्त्री गिरी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई सङ्घीय संसदबाट अगाडि बढाउने तयारी गरिरहेको बताउनुभएको छ ।
रासायनिक मलको अभाव हुँदैनः मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
दिगो विकासका लागि पूर्वाधार निर्माणमा जनसहभागिता आवश्यक : पूर्वमन्त्री यमी
पूर्वमन्त्री एवम् नेपाल समाजवादी पार्टीकी नेत्री हिसिला यमीले दिगो विकासका लागि भौतिक पूर्वाधार निर्माणमा राजनीतिक नेतृत्वसँगै जनसहभागिता पनि आवश्यक रहेको बताउनुभएको छ ।
दलित महिलाको सशक्तीकरण जरुरी : प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तीकरण जरुरी रहेको बताउनुभएको छ ।
सामाजिक सद्भाव बिगार्ने छुट कसैलाई छैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काँग्रेस सांसदद्वारा प्रदेश सभा बैठक अवरुद्ध
बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको नेपाली काँग्रेसको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।
सहकारीको समस्या समाधान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
राजदूतको नियुक्तिलाई थप व्यवस्थित एवम् मर्यादित बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवम् कार्यसम्पादनमा आधारित बनाइने बताउनुभयो ।
‘गण्डकी आर्थिक त्रिभुजको नमुना परियोजना बहुआयामिक विकासमा कोसेढुङ्गा सावित हुन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुजको नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभएको भएको छ ।
रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताउनुभएको छ ।
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले सो जानकारी गराउनुभएको हो ।
विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश हुनुपर्ने
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको बताउनुभएकाे छ ।
कांग्रेसकै बिचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बिचमा गठबन्धन भए अन्य राजनीतिक दलले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ ।
जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
संविधान संशोधन गर्न आवश्यक : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा सुरु भएको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी
भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधिविहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले रवीन्द्र यादवलाई प्रमुख र रत्तन चौधरीलाई उपप्रमुखमा चयन गरेको हो ।
बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल
आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताउनुभयो । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरः सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुहुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
कर्मचारी आन्दोलनले रोकियो मन्त्रीको जवाफ
अतिरिक्त समयमा काम गरेको प्रोत्साहन भत्तालगायतका माग गर्दै आन्दोलनरत सङ्घीय संसद्का कर्मचारीको आन्दोलनले विनियोजन विधेयकमा विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची प्रभावित भएको छ । बुधबारदेखि सदनकेन्द्रित आन्दोलन गरेका कर्मचारीले कार्यालय समयपछि वक्ता र सांसदको ‘भिजुअल आउटपुट’ रोकेका थिए । सभामुखको मात्र श्रव्यदृश्य बाहिर पठाइएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै ‘ब्ल्याक आउट’ मा बैठक नचलाउन आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गर्नुभयो ।