• १३ असार २०८१, बिहिबार

गृहमन्त्री लामिछानेविरुद्धको रिट सुनुवाइ हुँदै

blog

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने

काठमाडौँ, असार ७ गते । सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीका संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश गर्नुभएको थियो ।