• १२ असोज २०८१, शनिबार

विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्छ : मुख्यमन्त्री सिंह

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह । फाइल तस्बिर

गोदार (धनुषा), असार ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रत्येक विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने बताउनुभएको छ । जनकपुरधाममा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आज आयोजना गरिएको ट्राफिक जनचेतनामूलक कार्यक्रममा उहाँले विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय राखेपछि सडक दुर्घटनामा कमी आउने बताउनुभयो ।

आजका बालबालिका भोलिका भविष्य भएकाले बालबालिकाकै विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकाले यसले समाजमा ठुलो परिवर्तन ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री सिंहले बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीले यसलाई सचेतनाका रूपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताउनुभयो । ट्राफिक नियम पालना गराउनका लागि उहाँले आग्रह गर्नुभयो । चालकले सवारी सधानको अवस्थाका बारेमा पूर्व जानकारी राख्नुपर्ने मुख्यमन्त्री सिंहको भनाइ थियो । कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतको उपस्थिति थियो । रासस