• ११ मंसिर २०८१, मङ्गलबार

हाकिमविहीन अस्पताल, सेवा प्रभावित

blog

स्वास्थ्य सेवा कार्यालय कालीकोट । तस्बिर : गोरखापत्र

प्रेमराज सिम्खडा

कालीकोट, असार १० गते । कालीकोटको स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले प्रमुखविहीन छ । प्रमुख नहुँदा दैनिक रूपमा दिइने सेवा प्रभावित बनेको छ । भएका कर्मचारीलाई जिम्मेवारी नदिँदा दैनिक कामकाजमा समस्या भएको हो ।

आर्थिक वर्षको अन्तिम भएको छ तर भुक्तानीका सबै काम ठप्प भएका छन् । यस अघि कार्यालय प्रमुखको जिम्मेवारीमा रहनुभएका डाक्टर भीष्मप्रसाद पोख्रेल अध्ययन बिदा सकेर वैशाख १४ गते हाजिर भए पनि उहाँलाई प्रमुखको जिम्मेवारी दिइएको छैन । 

स्वास्थ्य सेवा कार्यालय कालीकोट प्रमुखविहीन हुनुको कारणका बारेमा सामाजिक विकास मन्त्रालयका पदाधिकारी भएको स्थानीयको आरोप छ । यता अस्पताल विकास समितिका अध्यक्ष गगनबहादुर मल्लले कार्यालय प्रमुखको खोजी भइरहेको र चाँडै व्यवस्था हुने बताउनुभयो ।