‘युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक छ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशीलताको विकास आवश्यक रहेको बताउनुभएको छ ।
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गर्नुभएको छ ।
अख्तियारद्वारा टेकबहादुर गुरुङविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा टेकबहादुर गुरुङविरुद्ध भ्रष्टाचारको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगको सोमबार भएको निर्णय अनुसार सर्वोच्चमा मुद्दा पुनरावेदन भएको छ ।
अन्तर्राष्ट्रिय अभ्यासबाट प्रभाव पार्ने गरी महिलाका क्षेत्रमा काम गर्न मन्त्री चौधरीको आग्रह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरुले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गर्नुभएको छ ।
पूर्वमन्त्री जीतेन्द्रनारायण देव एमाले प्रवेश
संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेकपा (एमाले) पार्टी प्रवेश गर्नुभएको छ । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पूर्व राष्ट्रियसभा सदस्य रहेका नेता जीतेन्द्रलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो ।
यो वर्ष प्रधानमन्त्री बनिँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी रहेको बताउनुभएको छ ।
‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, ऋणको पासोमा पर्दैनौँ’
अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताउनुभएको छ ।
नवीकरणीय ऊर्जासम्बन्धी विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
भ्रामक समाचार प्रकाशन गर्नेलाई कारबाही गर्न डा. आरजुको माग
प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचार भ्रामक, तथ्यहीन र चरित्रहत्या गर्ने मनसायले आएको भन्दै उहाँको सचिवालयले सो समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चार माध्यमलाई कारबाही गर्न माग गरेको छ ।
गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती : १५१ थान ऐतिहासिक तस्बिर प्रदर्शन हुने
नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा एक सय ५१ थान ऐतिहासिक तस्बिर प्रदर्शनी हुँदैछ ।
संसदीय समितिको टोली गौतमबुद्ध विमानस्थलमा
प्रतिनीधि सभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवा पुगेको छ ।
एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउनुभएको छ ।
महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ : सांसद अर्याल
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्न माग गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश : मन्त्रालय विभाजन गरेकामा नेपाली कांग्रेसको आपत्ति
नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।
भ्रष्टाचारका ठुला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदैछ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भ्रष्टाचारका विभिन्न ठुला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार यहाँ उद्घाटन गर्नुभएको छ ।
वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरका प्रमुख साहलाई अप्ठ्यारो पार्ने काम भयो : प्रमुख सचेतक शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको आरोप लगाउनुभएको छ ।
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेश सभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकसँग छलफल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उहाँले प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको हो ।
बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यक : राष्ट्रिय सभा अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरूको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरूलाई आवश्यक रहेको बताउनुभएको छ ।