• १९ असार २०८१, बुधबार

यो वर्ष प्रधानमन्त्री बनिँदैन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १७ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले सो कुरा बताउनुभएको हो । 

‘तपाईँ प्रधानमन्त्री बन्ने चर्चा छ नि, शपथ कहिले हुन्छ ?’ सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, “मलाई त्यस्तो लागेको छैन, यो वर्ष प्रधानमन्त्री बन्ने अवस्था छैन ।” देश र जनताले तपाईँलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, ‘जनताको सदिच्छा हुनु राम्रो कुरा हो । तर अहिले त्यो अवस्था छैन ।’