• १९ असार २०८१, बुधबार

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा

blog

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको राष्ट्रियसभा बैठक। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार १७ गते । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावलाई सभाले सर्वसहमतले समितिमा पठाउने निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक मङ्गलबार दिउँसो सवा १ बजे बस्नेछ ।