टोपलाल अर्याल
रेसुङ्गा, साउन २४ गते । यो गुल्मीको रुद्रवेणी–वामी सडकमा पर्ने सत्यवती गाउँपालिका–६, डहरले खोला हो। सधैं लेदो झरेर गाडी बगाउने तथा सडक अवरुद्ध भएर नागरिकले सास्ती पाइरहेका छन्।
यहाँ हरेक वर्ष पहिरो झरिरहेको हुन्छ।स्थानीयका अनुसार डहरेमा पहिरो खस्न थालेको २०३२ सालबाटै हो। रिडी–रुद्रवेणी–वामीटक्सार सडक विस्तार २०३५ सालबाट भएको हो। यो खोलाले दिएको सास्ती नागरिकले ४७ वर्षसम्म खेपिरहेका छन्। यहि पहिरोले केहिदिन अघि पत्रकार घनश्याम गौतमको कार बगाएको थियो। यसले धेरै सवारी साधन बगाएको छ। समस्या समाधानका लागि निर्माण थालिएको पुल निर्माण व्यवसायीलाई काम गरेको रकम भुक्तानी गर्न नसक्दा अलपत्र रहेको छ।