ज्योति पन्थी
बबई (बर्दिया) साउन २५ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ हात्तीसारमा रहेको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवाको पाँच दिनमा शव भेटिएको छ ।
ठाकुरद्वारामा रहेको खौराहा खोलामा पौडी खेल्ने क्रममा पाँच दिन अघि बेपत्ता युवाको शव पौडी खेलेको स्थानबाट करिव दुई किलोमिटर पर फेला परेको हो । पौडी खेल्ने क्रममा गोहीको आक्रमणबाट मधुवन नगरपालिका–१ कैलासीका १९ वर्षीय रुपमिलन थारू बेपत्ता भएका थिए ।
उनि बेपत्ता भएको दिनदेखि नै हात्ती, मोटरबोटसहितको निकुञ्ज, नेपाली सेनाको टोलीले खोजतलास शुरु गरेकोे थियो । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बेपत्ता युवाको शव फेला परेको बताउनुभयो ।
पौडेलले शवलाई आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने उहाँले बताउनुभयो ।