• १९ असार २०८१, बुधबार

पूर्वमन्त्री जीतेन्द्रनारायण देव एमाले प्रवेश

blog

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा सदस्य एवम् पूर्व मन्त्री जीतेन्द्र नारायण देवलाई स्वागत गर्नुहुँदै ।

काठमाडौं, असार १७ गते । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेकपा (एमाले) पार्टी प्रवेश गर्नुभएको छ । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पूर्व राष्ट्रियसभा सदस्य रहेका नेता जीतेन्द्रलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो ।

उहाँसँगै संविधानसभा सदस्य एवम् लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह, अफजल मियाँ, सइंद अहमद दगी, अब्दुल रहमान, फरिद अहमद अन्सारी, सलिम मुसलमान, मौरनाना अब्दुल सलाम, जमाल मुसलमान, हजारीलाल पासी, विजयपाल यादव, शुभम ठाकुर लगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।