• १९ असार २०८१, बुधबार

भ्रामक समाचार प्रकाशन गर्नेलाई कारबाही गर्न डा. आरजुको माग

blog

प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचार भ्रामक, तथ्यहीन र चरित्रहत्या गर्ने मनसायले आएको भन्दै उहाँको सचिवालयले सो समाचार प्रकाशन तथा प्रसारण गर्ने सञ्चार माध्यमलाई कारबाही गर्न माग गरेको छ ।

डा. राणाको सचिवालयका स्वकीय सचिव कमल रावलले प्रेस काउन्सिल नेपालमा सोमबार उजुरी दर्ता गर्दै सो माग गर्नुभएको हो । विभिन्न सञ्चार माध्यममा विभिन्न मितिमा प्रकाशित प्रसारित समाचार डा. राणाको चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको उहाँको भनाइ छ । 

ती मिडियाले विभिन्न मितिमा नक्कली भुटानी शरणार्थी विषयलाई डा. आरजु राणासँग जोडेर समाचार प्रकाशन प्रसारण गरेका थिए । सो झुठा समाचार मिडियाबाट हटाउन निर्देशन दिन रावलले काउन्सिलसँग आग्रह गर्नुभएको छ ।