• १९ असार २०८१, बुधबार

कांग्रेस पदाधिकारी बैठक आज

blog

काठमाडौँ, असार १७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक सोमबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफलका लागि आज दिउँसो ३ बजे पदाधिकारी एवम् पूर्व पदाधिकारी बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भ्रातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने प्रचार विभागका प्रमुख विश्वकर्माले बताउनुभयो । रासस