• १३ मंसिर २०८१, बिहिबार

एकीकृत समाजवादीको महाधिवेशन बैठक आज

blog

काठमाडौँ, असार १९ गते । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा १२ समूह बनाएर छलफल गरिएको छ । ती दस्तावेजबारे प्रतिनिधिहरुबीच सामूहिक छलफल गरिएको हो । 

देशभरबाट आएका प्रतिनिधिको सुझावसहित आज (बुधबार) बिहान बस्ने बैठकले दस्तावेजमाथि प्रस्तुति दिने कार्यतालिका छ । सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने छ । 

बैठक आज बिहान ११ बजे बस्ने पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ ।