• २४ असार २०८१, सोमबार

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

blog

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २१ गते। राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। 

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनेर राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। 

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’’

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गरेको थियो।