बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
सांसदहरूले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताउनुभएको छ।
जलस्रोत विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयो
प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।
प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ । नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उहाँको जिकिर थियो ।
सरकारले बस्ती बसाउन सुरक्षित स्थानबारे जानकारी दिनुपर्छ : सांसद राणा
नेपाली कांग्रेसका सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।
सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाका सांसदहरुले बाढीपहिरोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
पूर्व सांसदलाई सरकारले निःशुल्क औषधी उपचारको व्यवस्था गर्नुपर्छः सांसद ढकाल
प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
एमाले सचिवालय बैठक स्थगित
नेपाल (एमाले)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’
नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गर्नुभयो ।
मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ साउना–२०८० असार)” पेश गर्नुहुने कार्यसूची रहेको छ ।
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।
संविधान कार्यान्वयनमा समस्या
संविधान युद्ध र शान्तिको जगमा उभिएका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको हक सुनिश्चित गरिएको सहमतिको दस्ताबेज हो । यसको लक्ष्य, उद्देश्य, मर्म र भावनाप्रति प्रतिबद्ध रही प्राप्त उपलब्धिको स्वामित्व ग्रहण गर्दै शान्ति र संविधानका पक्षधर दलबिच सहमति र सहकार्यको राजनीति फेरि एक पटक आवश्यक भएको छ ।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।
नेकपा एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ ।
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई सोमबार विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाइएको थियो । अध्यादेश प्रतिस्थापन विधेयक भएकाले ६० दिनको संवैधानिक सीमा दबाबका कारण राष्ट्रपति पौडेलले सोमबार नै विधेयक प्रमाणीकरण गर्नुभएको हो । सभामुख देवराज घिमिरेले विधेयक प्रमाणित गरेर पठाएलगत्तै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना खोजिँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समयपछि यसको सम्भावनाको खोजी सुरुभएको छ ।
‘आत्मविश्वास र आशा जगाउने गरी मौद्रिक नीतिको तयारी’
मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
चीन भ्रमण उपलब्धिमूलक : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।
संसदमा गीतबाट सवाल–जवाफ
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गित बनेको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को : सञ्चारमन्त्री शर्मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढेको सरकारले यी तीनवटै क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गरेको छ ।