• २० असोज २०८१, आइतबार

फाइललाई ‘ब्ल्याकमेलिङ’को माध्यम नबनाउन सांसद कार्कीको आग्रह

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्की

काठमाडौँ, असार २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्नुभएको हो ।

उहाँले गृहमन्त्रीले संसद्को रोष्टमबाट फाइल बनेको रहेनछ, बनाउँदै छु भन्ने अभिव्यक्ति दिएको भन्दै कहिले बनाउने र कहिले खोल्ने भनी प्रश्न समेत गर्नुभयो । उहाँले बेचन झालाई शिखण्डीको रूपमा नउभ्याउन पनि आग्रह गर्नुभयो ।

‘‘कहिले रोष्टममा बसेर गृहमन्त्री भन्नुहुन्छ, फाइल त बनेकै रहेनछ । बनाउँदै छु । फाइल कहिले बनाउने हो ? फाइल कहिले खोल्ने हो ? कृपया तपाईँहरूलाई म अनुरोध गर्दछु, फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस् ।,’’ उहाँले भन्नुभयो, ‘‘तपाईँहरूले ब्ल्याकमेलिङको माध्यम फाइललाई नबनाउनुस् । कुनै बेचनलाई अगाडि ल्याएर आएर उभ्याएर त्यसलाई शिखण्डीको रूपमा नउभ्याउनुस् । गृहमन्त्रीज्यूलाई रुलिङ गरियोस् । उहाँले दिएको फेहरिस्त अनुसार विपद् न्यूनीकरणका कार्यक्रमहरू भएको छ कि छैन, यस्तो खेलाँचीको काम नगरौँ । नेपाली जनताको ज्यान बचाउने काम गरौँ । फाइलका कुरा ल्याएर धम्क्याउने अस्त्रको रूपमा नबनाऔँ ।’’

उहाँले विपद् व्यवस्थापनमा गृह मन्त्रालयबाट भएको कामको सम्बन्धमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने पनि बताउनुभयो ।