• २० असोज २०८१, आइतबार

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो फौजदारी न्याय प्रशासन सुधार अध्ययन प्रतिवेदन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाइँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असार २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन बुझाएको छ ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्नुहुँदै  प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताउनुभयो ।


प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयगत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।

महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्ड सजाय र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । वि.सं. २०८० माघ १८ गते कार्यदल गठन गरिएको थियो ।