• १३ साउन २०८१, आइतबार

राप्रपा संसदीय दलको बैठक बस्दै

blog

काठमाडौँ, असार २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तय भएको छ । सो बारेमा पार्टीले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि निर्णय गर्नेछ । साथै संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।