• १२ साउन २०८१, शनिबार

चार महिनामै परिस्थिति अनुकूल हुन्छ

प्रधानमन्त्रीलाई मेटमणिको आग्रह - देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नु

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रस्ताव राखेपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट पार्टीगत धारणा राख्दै सांसद मेटमण

काठमाडौँ, असार २८ गते। नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लागि अनुकूल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गर्नुभएको छ। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो। 

उहाँले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकूल हुने दाबी गर्नुभयो। उहाँले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताउनुभयो। उहाँले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद् विघटन हुनेगरी साक्षी नबस्न पनि सुझाव दिनुभयो।

प्रमुख सचेतक चौधरीले दुई ठुला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भन्दै प्रश्न गर्नुभयो। आगामी सरकार संविधानको धारा ७६(३) बमोजिम बन्ने उहाँको भनाइ छ। उहाँले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गर्नुभयो।