• १२ साउन २०८१, शनिबार

आर्थिक विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

blog

काठमाडौँ, असार ३१ गते । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गर्नुभएको थियो ।

प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिनुभएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गर्नुभयो ।