• ४ साउन २०८१, शुक्रबार

सरकार जिम्मेवारीपूर्वक अघि बढ्छ : प्रधानमन्त्री ओली

blog

कार्यक्रममा धारणा राख्नुहुँदै प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक एवम् गम्भीर रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई  सुझावसहितको प्रतिवेदन प्रस्तुत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।


उहाँले भन्नुभयो, “सरकार जिम्मेवारपूर्वक जान्छ, गम्भीर रुपमा जान्छ । यो सुझाव सरकारलाई नै दिइएको हो, विभिन्न विषयमा आवश्यकता अनुसार सुझाव आइरहुन् । पार्टी अध्यक्षको हैसियतले धन्यवाद र प्रधानमन्त्रीको हैसियतले पनि धन्यवाद ।”

प्रधानमन्त्री ओलीले कस्ता काम कसरी गर्नुपर्छ भनेर विभिन्न पक्षमा विश्लेषण एवम् सुदृढीकरणसहितको सुझाव प्राप्त भएकोमा कार्यदललाई धन्यवाद ज्ञापन गर्नुभयो । 

उहाँले भन्नुभयो, “सरकारका निम्ति कार्यसम्पादन गर्न उपयोगी हुने, अरु राजनीतिक दलले पनि विरोध मात्र गर्ने होइन, रचनात्मक ढंगबाट अवस्था यस्तो छ । यस्तो काम यसरी गर्न सकिन्छ भनेर, समाधानका चुनौती के के छन् ?” देशलाई कसरी अग्रगमन र विकासको बाटोमा लाने भन्ने सन्दर्भमा सुझाव राख्नुभएकोमा धन्यवाद ।” अरु राजनीतिक दलबाट पनि रचनात्मक सुझावको अपेक्षा गरिएको उहाँको भनाइ छ । 

उहाँले यी सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाइने र छलफल गरिने बताउनुभयो । 


प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारको कामलाई अगाडि बढाउन यो हामी सम्बन्धित मन्त्रालयलाई पठाउँछौं र छलफल गर्छौं ।समृद्ध नेपाल, सुखी नेपालीको लागि हामीले विगतमा कस्ता नीति लिन खोज्यौं ? भनेर यो रेकर्डको रुपमा रहनेछ ।”  

उपमहासचिव ज्ञवालीले नौ वटा शीर्षकमा सुझाव मागिएको भन्नुहुँदै आगामी तीन वर्षभित्र गर्न सकिने बढीमा दश वटा ठोस कार्यक्रम सुझावमा पेश गरिएको जानकारी दिनुभयो । 

गत असार २१ गते एमालेको ३३ विभागमध्ये ३२ विभागको प्रतिनिधित्व रहेको बैठकले सात दिनको समय सीमा तोकेर नयाँ सरकारका लागि आवश्यक सुझाव दिन विभागलाई निर्देशित गरेको थियो । जसमध्ये २८ वटा विभागहरुबाट सुझाव संकलन भएको उहाँको भनाइ छ ।

ज्ञवालीले भन्नुभयो, “समस्याको पहिचान सही ढंगले गरिएको छ र निकालिएका निष्कर्ष तथा सुझाव महत्त्तवपूर्ण छन् । यी सुझावको कार्यान्वयनले सम्बन्धित मन्त्रालयको कार्यसम्पादन र भूमिकालाई थप मजबुत बनाउने नै छ, समग्र सरकारको प्रभावकारिता पनि अभिवृद्ध गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

ज्ञवालीले मुख्यगरी सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय सुझावमा उल्लेख गरिएको बताउनुभयो ।

ज्ञवालीका अनुसार सुझावमा मुख्यगरी नीतिगत सुधार, विचाराधीन विधेयकसम्बन्धी दृष्टिकोण, निर्वाच्न घोषणापत्र २०७९ का मुख्य प्रतिबद्धता, सुशासन, विकास निर्माणका कार्यमा तीव्रता, उच्च आर्थिक वृद्धिका विषय, सामाजिक न्याय र सुरक्षा, कषिको व्यवसायिक विकास, शीलता, आइटी क्षेत्रको विस्तार तथा विकास, बाल शिक्षादेखि उच्च शिक्षासम्म सुधारको पहल, किशोरकिशोरीको स्वास्थ्य तथा विकास, निर्माण सम्पन्न गर्न उपयुक्त वातावरण, एक पालिका–एक उद्यम, महिलाको सीप, दक्षाता विकास, कालाबजारीको अन्त्य लगायत समग्रमा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई तीव्रता दिनुपर्ने विषय उल्लेख गरिएको छ । 

९९ बुँदे सुझावको सार

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।