परीक्षाको नम्बर
विमर्श कक्षा ५ मा पढ्छन् । पढ्नमा खासै अब्बल नभए पनि उनले सबै कुरा जानेका छन् । घरमा आमाबुवालाई सघाउन उनलाई निक्कै मन पर्दछ । कसैसँग झगडा गर्ने उनको बानी पनि छैन । विमर्श कक्षामा सबैको प्रिय छन् । सधैँ उज्यालो अनुहार लगाएर विद्यालयबाट आउने विमर्शको अनुहार भने आज केही मलिन र पिर परेको जस्तो देखिन्थ्यो । सधैँ साथीसँग गफ गर्दै विद्यालयबाट आउने ऊ, आज भने एक्लै फर्किएको थियो । अँध्यारो अनुहार लगाउँदै छोरो एक्लै आएको देखेर उसका बाबु सन्तोष आश्चर्यमा पर्छन् । बिहान रमाउँदै गएको छोराको अनुहार बिग्रिएका कारण जान्न उनलाई मन लाग्छ । “आज मेरो छोराको उज्यालो अनुहार किन यसरी अँध्यारो भएको होला ?” बाबुको कुरालाई उसले सुने नसुनेझै गरेर जवाफ फर्काउँदैन
अहिलेको बजेट
भाइबहिनीहरू, तिमीहरूलाई थाहा छ ? सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक २०७९/८० को आयव्ययको विवरण (बजेट) अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभयो । नेपालमा कात्तिकबाट बजेट निर्माणको तयारी सुरु हुन्छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्छ । यस वर्ष पनि सरकारले आफ्नो वार्षिक बजेट प्रस्तुत गरेको छ ।
‘सजाय भनेर डराएको त पुरस्कार रहेछ’
भाइबहिनीहरु, उहाँ हुनुहुन्छ मूर्धन्य साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रित । १० वर्षको उमेरमा नै ‘दशावतार स्तुति’बाट लेखन आरम्भ गर्नुभएका प्रश्रितले २०१५ सालमा अर्घाखाँचीस्थित हरिहर संस्कृत पाठशालाको किरण पत्रिकामा ’छात्र जीवन’ शीर्षकको कविता प्रकाशन गरी औपचारिक रुपमा साहित्यिक यात्रा थाल्नुभएको थियो । त्यहाँदेखि निरन्तर नेपाली भाषा तथा साहित्यका विविध विधामा सशक्त रुपले कलम चलाई विशिष्ट साहित्यकारका रुपमा स्थापित हुनुभएको छ । लघुतम फुटकर कवितादेखि खण्डकाव्य हुदै बृहत् महाकाव्यसम्मको यात्रामा कथा, उपन्यास, निबन्ध, गीत, नाटक, राजनीतिक, दर्शन तथा समालोचना एवं संस्मरणलगायत पाँच दर्जनभन्दा बढी कृति प्रश्रितका प्रकाशित छन् । शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रीसमेत बन्नुभएका प्रश्रित २४ वर्षकै उमेरमा ’मानव महाकाव्य’को सिर्जना गरेबापत मदन पुरस्कारबाटसमेत सम्मानित हुनुभयो । साथै, भवानी भिक्षु पुरस्कारलगायत दर्जनौँ सङ्घ, संस्थाबाट सम्मान प्राप्त उहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ? पढौँ उहाँकै शब्द लयमाः
जितको मुस्कान
मुस्कान खातुन अहिले एसिडसम्वन्धी विभिन्न जनचेतनामूलक कार्यक्रममा व्यस्त छिन् । यतिबेला उनी विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमाझ प्रेरणाको स्रोत बनिरहेकी छिन् । जीवनको अप्ठेरो अवस्थाको बीचमा पनि हिम्मत र साहस जुटाएर अघि बढेकै कारण मुस्कान अन्तर्राष्ट्रियस्तरमा साहसी महिलाका रूपमा चिनिन सफल भइन् ।
इन्टरनेटबाट हुनसक्ने दुव्र्यवहार
पछिल्लो केही वर्षदेखि इन्टरनेटको मार्फतबाट हुने विभिन्न अपराधको शैली फरक–फरक स्वरूपमा बढिरहेको छ । अपराधीले विभिन्न माध्यमबाट अपराधजन्य काम गरिहरेको हुन्छ । समयमै यसबारे सही सूचना नपाउँदा पीडित झन् बढी पीडा भोग्नु पर्ने अवस्था आइरहेको छ । महिला र बालबालिका यस्ता खाले साइबर अपराधका घटनाबाट बढी पीडित भएको तथ्य छ । अपराधीले कुन कुन माध्यमबाट कसरी अपराधका शैली अपनाउँछन् भन्ने कुरा जानस् राखौँ है त ।
खेलप्रेमीको रोजाइ फुटसल
फुटबल खेलहरूको राजा हो यो त सबैलाई थाहा नै छ तर विश्वमा फुटबल खेल फरक संरचना र स्वरूपमा पनि खेलिन्छ भन्ने ज्ञात भने सायद सबैलाई नहुन सक्छ । हामीले प्रायः एक टिममा एघार–एघार जना खेलाडी सामेल फुटबल हेर्छौं तर पाँच–पाँच जनाबीच खेलिने फुटबल फाइभ ए साइड फुटसल पनि लोकप्रिय छ । नेपाल पनि यो निकै लोकप्रिय छ । फुटसल अहिले खेलाडीको मात्र होइन बच्चा, युवा, महिला अझ प्रौढहरूको पनि रोजाइ बनेको छ । अझ अहिले धेरै स्कुलले आफ्नै प्राङ्गणमा फुटसल मैदान बनाएका छन् सायद तिमीहरूमध्ये कसैको स्कुलमा पनि फुटसल छ होला । अहिले स्कुल स्तरमा नै धेरै फुटसल प्रतियोगिता हुने गर्दछ । काठमाडौँजस्ता सहरमा खेल्ने मैदानको अभाव छ । त्यसैले अहिले खोलिएका फुटसल मैदान फुटबल क्रेजीका लागि ठूलो प्लाटफर्म बनेको छ ।
मुस्कुराइरहेको नाम्चे
भित्ता कोपेर बनाएका घरहरू । घरको झ्यालबाटै हिमाल मुस्कुराइरहेको देखिने मनमोहक र रोमाञ्चक दृश्य । सबै घरमा प्रकृतिसँग मिल्ने हरियो रङको छाना । ढुङ्गा छापिएको सिनित्त गोरेटो बाटो । पानीले घुमाइरहेका माने र नयाँ नयाँ छोर्तेन । देख्दै अद्वितीय मनमोहक र आनन्दको अनुभूति हुन्छ । यो हो, सगरमाथाको प्रवेशद्वारअन्तर्गतको नाम्चे बजार । बजार देख्दा मन प्रफुल्ल हुन्छ ।आल्हादित बनाउँछ । यो हो चारैतिर अग्ला अग्ला हिमालले घेरिएर फेदीमा चिटिक्क परेका सुन्दर बस्ती । मनोरम वातावरणले लिएर जो कोहीलाई पनि स्वागत गर्दै बसेको सोलुखुम्बुको नाम्चे बजार । बाटोभरि रङ्गीचङ्गी
फोहोरमैला व्यवस्थापनमा बालबालिका
भाइबहिनीहरू, हाम्रो वरपर विभिन्न कामको लागि प्रयोग गरेर खेर गएका सामग्री हुन्छन् । जसलाई हामी फोहोरमैला भन्छौँ । कति फोहोर पुनः प्रयोग गर्न सकिने खालको पनि हुन्छन् कति प्रयोग गर्न मिल्दैनन् । यसको व्यवस्थापन कसरी गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । भाइबहिनीहरू तिमीहरू सानै भए पनि यस्ता कुरामा ध्यान दिएर आफ्नो घर तथा वरपरको वातावरण सफा राख्न मद्दत गर्न सक्छौँ । फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा काठमाडौँ महानगरपालिकाको गर्नु उपयुक्त होला । काठमाडौँ उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्काशन गर्न थालेको करिब १७ वर्ष पुगिसक्यो ।
शीर्षक के हो ?
एकादेशमा ज्यामिरे नाम गरेको एक गाउँ थियो । त्यस गाउँमा मानबहादुर नाम गरेको एक मेहनती र असल किसान बस्थ्यो । उनको परिवारमा उनको श्रीमती, एक छोरा र एक छोरी बस्थे । उनी एक गरिब किसान थिए तर पनि जहिले पनि खुसी रहन्थे । उनी र उनको श्रीमतीले खेती किसानीमा धेरै रुचि राख्थे । उनले आफ्नो खेतमा धेरै प्रकारका फलफूल र तरकारीहरू लगाएका थिए । उनले आफूले उमारेको अनाजलाई आफूले खाइ र बाँकी भएको नजिकै बजारमा बेच्ने गर्थे ।
सौभाग्यको जुक्ति [बालकथा]
सौभाग्यको गाउँ जङ्गलले घेरिएको थियो । जङ्गली जनावरहरूले हैरान पारेपछि कतिपय गाउँले पहाड छोडेर तराई झरिसकेका थिए । गाउँ नजिकै जङ्गल बढदै जानुका कारण जङ्गली जनावरहरूको समेत बिगबिगी बढ्दै थियो । बेलाबेलामा गाउँ पस्ने बाँदहरूले समेत गाउँका अन्नबाली सखाप पार्थे ।
तुलसीको महिमा
तुलसी अथवा तुल्सी प्राकृतिक, पवित्र तथा बास्नादार वनस्पति हो । हिन्दु धर्मावलम्बीहरूको घरको आँगनमा सानो मन्दिर (मठ) बनाई तुलसी रोपिन्छ । वास्तवमा तुलसी भारतीय खण्डमा उत्पत्ति भएको मानिन्छ तर दक्षिण–पूर्व एसियाका प्रायः मुलुकहरूमा धार्मिक एवं परम्परागत रूपमा तुलसीको खेती गरी अर्चना गरिन्छ । तुलसीलाई विष्णुको अवतारका रूपमा लिइन्छ भने लक्ष्मीको प्रतिमूर्तिका रूपमा मानिन्छ । त्यसकारण तुलसीलाई सफा मन्दिर बनाई रोपेर पूजा गरिन्छ । तुलसी रोप्ने स्थान (सानो स्थल)लाई ‘मैरी’ वा ‘मठ’ पनि भनिन्छ । भगवान् हरि आषाढ शुक्ल पक्षको एकादशीका दिनदेखि शयन गर्ने हुँदा सोही दिनको शुभसाइतमा तुलसी रोपिन्छ भने कात्तिक शुक्ल पक्ष एकादशीका दिन भगवान् विष्णुसँग तुलसीको विवाह गरिन्छ ।
हराउँदै पुराना मौलिक सामान
भाइबहिनीहरु तिमीहरूले पुराना सामानहरू जस्तै ढिकी, जाँतो, कोल, घट्ट, ओखल, ठेकी, मदानीजस्ता सामान देखेका छौ कि छैनौ । कतिपयले त यस्ता नाम पनि सुनेका छैनौ होला । अहिले तिमीहरू डिपार्टमेन्ट स्टोर या कुनै पसलमा गएर जे जति खाद्यपदार्थ खरिद गर्छौ नि । ती सामान ४०–५० वर्ष अगाडि हाम्रा पूर्वजहरूले घरमै तयार गर्नुहुन्थ्यो ।
परदेश परिचय इरान
पहिले पहिले पर्सिया भनेर चिनिने इरान मध्यएसिया, दक्षिण एसिया र मध्यपूर्वका अरब राज्यहरूको चौबाटोमा अवस्थित छ । अत्यन्तै सामरिक ठाउँमा रहेको र पर्सियन खाडीमा पहुँचका कारण इरान इतिहासदेखि नै महत्त्वपूर्ण मुलुकका रूपमा छ । १६ लाख ४८ हजार १०५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो मुलुकको जनसङ्ख्या आठ करोड ५० लाख हाराहारी छ । इरानको राजधानी तेहरान हो । इरानको राष्ट्रिय भाषा फार्सी हो । इरानको मुद्रालाई रियाल भनिन्छ ।
लागेछ असार
भाइबहिनीहरू ! तपाईंहरूलाई थाहा नै छ, साउन भदौलाई ऋतु चक्रानुसार वर्षा भनिन्छ तर पनि लोकजीवनले असारलाई नै वर्षा वा खेतीपातीका रूपमा लिएको पाइन्छ । खासगरी मनसुन सुरु भएपछि हाम्रा गाउँघरतिर किसानलाई खेतमा धान रोप्ने चटारो बढ्छ । कृषि प्रधान देश भएकाले यहाँ असारको ज्यादै महìव रहेको पाइन्छ ।
सानो मेरो नाति (बाल कविता)
सानो सानो मेरो नाति खोजी हिँड्छ साथी, खोजी खोजी जिस्की हिँड्छ हजुरबुवा जाति । घोची भाग्छ औँला कैले डँडुलोले कैले, भाक्क भुक्क पाक्क पुक्क पारी हिँड्छ जैले ।
दही चिउरा संस्कृति
गत वर्षजस्तै यो वर्ष पनि वर्षायाम सुरु भयो । खेतमा धान रोप्ने चटारो छ । वर्षायाम किसानको पर्व हो । असारमा मानो रोपेर मङ्सिरमा मुरी भित्र्याउने भनाइ नेपाली समाजमा छ । गाउँका भाइबहिनीलाई धान रोप्ने कुरा नौलो होइन । सहरका भाइबहिनीलाई भने धान रोप्ने चटारो हुँदैन । कुनै कुनै स्कुलले धान रोप्न खेतमा लैजान्छन् । त्यतिबेला भने हिलोमा रमाउनुभएको होला । केही वर्ष यता त असार १५ मा धान दिवससमेत मनाइने गरिएको छ । धान रोपे पनि नरोपे पनि, गाउँमा वा सहरमा जहाँ भए पनि असार पन्ध्रमा दही चिउरा भने सबैतिर खाइन्छ । दही चिउरा खाने हाम्रो संस्कृति नै हो । यही संस्कृतिबारे चर्चा गरौँ है ।
नेपाल आमा (कविता)
हाम्री नेपाल आमा विश्वभरिमै सुन्दर छिन्, प्रकृति कि अनुपम लालीले शृङ्गारिएकी छन् । हिमाल, पहाड, तराई घरमा बस्छौँ हामी मिलिजुली ।
के हो समाज अनि असामाजिक क्रियाकलाप
भाइबहिनीहरू, एकभन्दा धेरै मानिस जहाँ समुदायका रूपमा निश्चित र क्रमिक मूल्यमान्यताका साथ आआफ्नो संस्कृति, रहनसहन, व्यवस्था, धर्म आदि अँगालेर एकै स्थानमा बसोबास गर्ने गर्छन् । आदिम कालदेखि मानिसले आफ्नो सुुरक्षाका लागि आगो बालेर बस्ने र समूहमा बस्ने अनि एक अर्कोलाई सहयोग गर्ने प्रवृत्तिको विकास भएको हो । कालन्तरमा यस क्रमको विकास हुँदै आफ्ना आवश्यकताअनुसार चालचलन, कर्म, धर्म, संस्कृति र स्वव्यवहार अपनाउँदै समाजको विकास भएको हो । त्यस्ता मानिसको समूहलाई नै समाज भनिन्छ ।
आयो असार (कविता)
बाह्र महिनामध्ये मलाई असार महिना मनपर्छ । असारमा किसानहरू खेतमा काम गर्न जान्छन् । विशेष गरेर गाउँघरमा धेरै रमाइलो हुन्छ । महिलाहरू धन रोप्छन् । पुरुषहरू आली बाउसे गर्छन् । मैले धेरै बाउसे गरेको छु । आफ्नो मिल्ने साथीलाई हिलो छ्यापेर झन् रमाइलो पनि गरेको छु । असारमा सिमसिम पानी पर्ने भएकाले म घुम ओड्न पाउँछु । घुम ओडेर खेतमा काम गर्दा खुसी लाग्छ । खेतमै खाजा खान पाइन्छ । खेतमै बिहानदेखि
मेरो प्यारो देश नेपाल
विश्वमा रहेका सबै देशमध्ये मेरो लागि मेरो देश नेपाल नै सबैभन्दा सुन्दर छ । चिन र भारतको बीचमा रहेको नेपाल सानो भए पनि धेरै आकर्षक छ । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालमै रहेको छ । नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा बाँडिएको छ । नेपालमा धेरै रमणीय, सुन्दर र राम्रा ठाउँ पनि छन् । नेपालमा भएको सुन्दरतालाई हेर्न धेरै पर्यटक पनि आउने गर्दछन् । यहाँ रहेका धार्मिक स्थलले नेपालको महìव बढाएको छ । सगरमाथाको देश नेपाल भनेर चिनिने मेरो देशमा धेरै प्रकारको जैविक विविधता पनि देख्न सकिन्छ । डाँफे, गाई र क्रिम्सन रङ नेपालको पहिचान हो । नेपालमा भएका प्राकृतिक स्थलले यसको सुन्दरतालाई निखार दिएको देख्न सकिन्छ ।
पढ्ने इच्छा (कविता)
मेरो नाम अपेक्षा धेरै पढ्ने छ इच्छा सिकाइ दिन्छिन् दिदीले गुरुआमा गुरुले ।
व्यावहारिक शिक्षाको महत्त्व (निबन्ध)
मानिसको जीवनमा शिक्षाले धेरै महत्त्व राखेको हुन्छ । शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम हो । शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ । यसले जीवन कसरी सहज हुन्छ भन्नेबारेमा सिकाउँछ । शिक्षा भनेको विद्यालयमा गएर मात्र पाउने होइन । घरमा खाना पकाउनु, लुगा धुनु, आफ्नो काम आफैँ गर्नुभनेको पनि शिक्षा लिनु हो । अहिले शैक्षिक जगत्मा धेरै कुरा सुधार हुँदै आएका छन् । पहिलेको समयमा धेरै विद्यालय थिएनन् । भएका विद्यालयमा पनि केटाहरू मात्र पढ्न पाउँथे । विभेदले जरा गाडेको थियो । केटी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यताले प्रश्रय पाएको थियो । अहिले समय बदलिँदै आएको छ । छोराछोरी दुवै विद्यालय जान पाउँछन् । शिक्षाकै कारण समाजमा मानिसको घृणादायक र नराम्रो सोचमा केही मात्रामा परिवर्तन आएको छ ।
रमाइलो देवघाट (कविता)
उताबाट नाच्दै आए गण्डकीका छाल यताबाट त्रिशूलीले ग¥यो अङ्कमाल दुवै बने नारायणी भाका मीठो हाले पानीमाथि घाम–जुन पौडी खेल्न थाले
कृत्रिम वर्षा : बादल पनि चोरी हुन्छ !
चाहेको बेलामा बादल लगाउने र वर्षा गराउन सकिन्छ र यो विश्वका विकसित मुलुकमा भइरहेको छभन्दा पत्यार नलाग्न सक्छ तर यो कुरा विज्ञानले सम्भव बनाइसकेको छ । यस विधिलाई कृत्रिम वर्षा वा ‘क्लाउड सीडीङ’ भनिन्छ । यस पटक हामी यसका बारेमा चर्चा गर्दैछौँ ।छिमेकी राष्ट्र भारत र चीनलगायत विश्वका धेरै देशले यो विधि प्रयोग गरिरहेका छन् । चीनले यसलाई धेरै पहिलेदेखि प्रयोगमा ल्याएको छ । भारतले पनि ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर कृत्रिम वर्षा गराइरहेको छ । यो विधि खडेरीको समस्या भएका स्थानमा बढी मात्रामा प्रयोग गरिन्छ । सन् १९४० को दशकमा ‘क्लाउड सीडीङ’ विधि अमेरिकाबाट सुरु भएको मानिन्छ । कृत्रिम वर्षा कसरी पारिन्छ ?अहिले कृत्रिम वर्षा गराउने अनेक विधि र तरिका छन् । त्यसमध्ये पहिलो विधि, कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो । अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीका रूपमा धर्तीमा बर्सिन्छ । कृत्रिम वर्षा पार्ने पछिल्लो विधि, ड्रोन विधिमा बिजुलीले बादललाई जोडसँग झट्का दिन्छ जसका कारण बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ । यी र यस्तै विधि प्रयोग गरेर अहिले संसारका विकसित देशहरूले कृत्रिम वर्षा गराउने गर्छन् । यो विधिको प्रयोग पानी पार्न वा वर्षा गराउनका लागि मात्र नभएर अत्यधिक वर्षा (अति वृष्टि) र अति कम वर्षा (अना वृष्टि)लाई सन्तुलनमा राख्न पनि गरिन्छ । यसको अर्थ कुनै स्थानमा अत्यधिक वर्षा हुन्छ भने त्यो स्थानमा समयसमयमा ‘क्लाउड सीडीङ’ विधिलाई प्रयोग गरेर वर्षा गराइन्छ, जसका कारण त्यहाँ ठूलो वर्षा एकै पटक हुन नपाओस् । अर्कोतर्फ यो विधिको प्रयोग गरेर अति कम वर्षा हुने स्थानमा चाहिने मात्रामा वर्षा गराइन्छ । कृत्रिम वर्षाका लागि बादलमा सिल्भर आयोडाइड नामक यौगिकलाई छर्केर वर्षा गराउने हो। अर्को विधि भनेको ड्रोनको प्रयोग गरेर बादललाई विद्युतीय चार्ज गर्ने र त्यस चार्जपछि बादल पानीको रुपमा धर्तीमा बर्सिन्छ। वर्षाको चोरी !के वर्षा पनि चोरी गर्न सकिन्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । वर्षाको चोरी, ‘क्लाउड सीडीङ’ सँगै जोडिएर आउने कुरा हो । के यो वास्तवमै भइरहेको छ ? यसबारेमा अहिलेसम्म यकिन रूपमा यसै हो भन्न निकै कठिन छ तर एक देशको बादल तानेर अर्को देशमा पानी पार्ने काम भयो भने के होला? यो चिन्ताको विषय भने पक्कै पनि हो । कतिपय देशहरूले बेला बखत ‘क्लाउड सीडीङ’मार्फत एक देशले अर्को देशको बादल चोरेर वर्षा गराएको भन्ने आरोप लगाउने गरेका छन् । त्यस्तै विश्वमा अहिले ‘क्लाउड सीडीङ’अन्तर्गत बादलको चोरी भयो भन्ने विषयमा विकसित मुलुकभन्दा पनि विकासोन्मुख मुलुकलाई पिरलो परेको छ । अहिले बादलको चोरीबाट वर्षा गराउने विषयलाई लिएर वैज्ञानिकहरूबीच निकै चर्चा हुन थालेको छ तर यसबारेमा प्रमाणिक तथ्य भने अझै आइसकेको छैन । कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ। त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरु देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला?‘क्लाउड सीडीङ’ को प्रयोग गरेर चीनले थुप्रै सुक्खा क्षेत्रमा खेती गर्ने कार्यक्रम चलाएको समाचार सुन्ने गरेका छौँ । यस्तै केही समयअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सहरसहित धेरै इलाकामा तापक्रम ५० डिग्री पुगेपछि कृत्रिम वर्षा गराइएको थियो । अमेरिका, चीन, बेलायत, क्यानाडा, अस्ट्रेलियालगायतका विश्वका विकसित मुलुकहरूले खडेरी, तापक्रम वृद्धि, कृषि प्रयोजनलगायतमा बेला मौकामा कृत्रिम वर्षाको सहारा लिइरहेका छन् । यो एक हिसाबले उचित कुरा हो तर उनीहरू आफ्नो भू–भाग नाघेर अर्को मुलुकको बादल आफूतिर तानेर वर्षा गराउन थाले भने के होला? यो चिन्ताको विषय हो । त्यसैले भनिन्छ नि, कुनै पनि प्रविधि आफैँमा ठीक हुन्छ, जब त्यसको प्रयोग सही ढङ्गले हुन्छ । त्यसैले यो प्रविधि भोलिका दिनमा धनी र विकसित देशले अरू देशको आकाशको बादल हडप्ने होडबाजी चल्यो भने हाम्रोजस्तो विकासोन्मुख देशको हालत के होला ? यसतर्फ सबैको ध्यान जान जरुरी छ । (विभिन्न अनलाइन तथा एजेन्सीको सहयोगमा)