• ४ जेठ २०८१, शुक्रबार

प्रकृति

वातावरण संरक्षण

blog

मानिस  चेतनशील  प्राणी हो । प्राणीहरूमध्ये मानिस सर्वश्रेष्ठ पनि मानिन्छ ।  उसले आफ्नो जीवन सहज र सरल बनाउन चाहन्छ । मानिसले धेरै नयाँ कुराको आविष्कार पनि गरेको छ तर आफ्नो जीवनलाई अझ सुखमय बनाउन प्रकृति र यसको संरक्षणमा भने चासो दिँदैनौँ । उसले यही प्राकृतिक वातावरणलाई भने नाश पार्दैछ । त्यसैले आज हाम्रो प्रकृति प्रतिकूल हुनुका कारण पनि हामी नै हो ।  जसले गर्दा मानव जीवनमा धेरै समस्या निम्त्याइरहेको छ । 

आज मानिस आफूसँग भएका सुविधाबाट खुसी छन तर सन्तुष्ट छैनन् । यसको मुख्य कारण प्रतिकूल हुदैँ गएको हाम्रो प्राकृतिक प्रणाली पनि  हो । कलकारखानाबाट निस्कने फोहोर र दुर्गन्ध, मोटर गाडीले प्याक्ने धुवाँ र वन फँडानीजस्ता कामले हावा र माटो दुवै दूषित हुदैँ गएका छन् । यसले मानिसको जीवनमा ठूलो असर गरिरहेको छ । 

 हामीले वातावरणलाई सफा र स्वच्छ राखे मानिसको सोचमा सकारात्मकता आउँदछ ।  प्रकृतिको शुद्ध वातावरणमा मानिसलगायत अरू प्राणी पनि स्वस्थ रहन सक्छन तर आज वातावरण फोहोर र दूषित भएका कारण मानिसको स्वास्थ्य पनि बिग्रदैँ गएको छ । आजको मानिस प्रतिकूल भएको वातावरणका कारण विभिन्न खालका  रोगले नराम्रोसँग गाँज्न थालेको छ तर यी सबै समस्याको मुख्य कारण पनि मानिस हामी स्वयं नै  हौँ । । तसर्थ प्रकृति र वातावरणलाई स्वच्छ राख्ने कर्तव्य पनि हामी मानिसको नै हो ।  

त्यसैले हामीले आजकै दिनदेखि वातावरणलाई संरक्षण र स्वच्छ राख्न थाल्नुपर्दछ । स्वच्छ, सफा र शुद्ध प्राकृतिक वातावरणले मानिसको सोच, विचार, स्वास्थ्य र मनलाई पनि सन्तुष्ट राख्न मद्दत गर्दछ । हामीले वातावरणलाई सफा 

राख्यौँ भने हामी सबैलाई धेरै फाइदा हुन्छ । त्यसैले वातावरणको संरक्षण गर्नु हामी सबै मानिसको मुख्य कर्तव्य पनि हो ।