• १३ पुस २०८१, शनिबार

निर्जन सुध्रियो

blog

सानो गाउँमा एउटा परिवारको बसोबास थियो । बुवा, आमा र छोरा गरी त्यस परिवारमा तीन जना सदस्य मात्रै थिए । छोराको नाम निर्जन थियो । निर्जन निकै ज्ञानी र असल स्वभावको थियो । ऊ कक्षामा सधैँ प्रथम हुन्थ्यो  । टोल छिमेकका मानिसहरू निर्जनको आनीबानीकोे खुलेर प्रशंसा गर्दथे । 

निर्जनको कक्षामा नयाँ–नयाँ साथीहरू भर्ना भएर आएका रहेछन् । नयाँ साथीहरूमध्ये विपुल नाम गरेको एउटा केटो बदमास रहेछ । स्कुल छुट्टी भएपछि विपुल घर नगई बजारतिर डुल्दो रहेछ । बजारमा पनि नराम्रा केटाहरूको पछि लाग्ने, चुरोट खाने र भैmझगडा गर्ने काममा पनि उसको संलग्नता रहेछ । निर्जनको सङ्गत विपुलसँग बढ्दै जान थाल्यो छोरो निर्मलमाथि कहिल्यै पनि शङ्का गरेनन् । बरु उसका सबै कुरामा विश्वास गर्दै गए ।

निर्जन साथीको कुसङ्गतमा नराम्ररी फसिसकेको थियो । एक शनिबारको दिन उसले घरमा आमासँग भन्यो, “म अब कक्षा ८ मा पुगिसकेँ । मलाई एउटा राम्रो मोबाइल चाहिन्छ । मेरा सबै साथीसँग मोबाइल छ । मलाई पनि मोबाइल किनिदिनुहोस् ।” 

प्रत्युत्तरमा आमाले भन्नुभयो, “छोरा, तिमीलाई थाहै छ, हामी ज्यादै गरिब छौँ । मोबाइल किन्ने पैसा हामीसँग कहाँ छ ? फेरि तिमीलाई अहिले मोबाइल किन चाहिन्छ र बाबु ? अरूको लहैलहैमा लाग्नु हुँदैन छोरा ।”

आमाको त्यो कुरा सुनेर निर्जन रिसाउँदै घरबाट निस्कियो । एक दिन निर्जनले बजारको गल्लीमा केटाहरूको भीडमा लागूपदार्थ प्रयोग गरिरहेको अवस्थामा स्कुलका कक्षा शिक्षकले देख्नुभयो । 

अब भने निर्जनको सातोपुत्लो उडिसकेको थियो । उसको साथी विपुलले प्रहरीलाई “हाम्रो साथी निर्जन भनेको यही केटा हो । हामीले पसलबाट चोरी गरेको मोबाइल यसैसँग छ,” भनी प्रहरीसमक्ष बयान दिएको सुन्दा निर्जनका आमाबुवा छानाबाट खसेजस्ता भए । निर्जन पनि शिर निहुराएर घुँक्कघुँक्क गरी रुन थाल्यो । उसको मनमा आपूmले गरेका सबै गल्तीहरू एकएक गरी महसुस हुन थाले । 

प्रहरीका अधिकारीले निर्जनको पाखुरा समातेर उठाउँदै उसले चोरी गरेको मोबाइलका बारेमा सोधपुछ गरे । अलि पर एक्लै लगेर केही कुरा सोधे र सम्झाए पनि । अर्का प्रहरीले कागजमा घटनाको वृत्तान्त लेखेर केटाहरूका अभिभावकको दस्तखत गराए । निर्जन र विपुलका बुवाआमाले विद्यालयका शिक्षकवर्गलाई छोराको भविष्य–निर्माणका लागि पु¥याएको सहयोगका लागि धन्यवाद दिए । उनीहरू दुवै जनाले अबदेखि गल्ती नदोहो-याउने प्रतिज्ञा गरे ।