बालापनको दसैँ
बाल्यकालमा दसैँमा मिठो कसरी खान पाइन्छ, राम्रो कसरी लगाउन पाइन्छ भन्ने मात्रै सोचिन्थ्यो ।
विद्यार्थीका दसैँ योजना
सरस्वती माध्यमिक विद्यालय, टोखा, काठमाडौँका कक्षा ८, ९ र १० मा अध्ययनरत हामी विद्यार्थी खाली समयमा सँगै बसेर विविध विषयमा कुराकानी गर्ने गर्छौं ।
दसैँमा सेतो टीका
सेतो रङलाई प्राकृतिक रङ मानिन्छ । वैज्ञानिक अनुसन्धानबाट अन्य रङ तयार गरिएको हो ।
नवरात्रका केही देवीपीठ
घटस्थापनादेखि देवीस्थलमा भक्तजनको भिड सुरू हुन्छ ।
रमाइलो दसैँ
धेरै पहिलेको समयमा हरेक वर्षको असार, असोज, पुस र चैतमा दसैँ मनाइन्थ्यो ।
रुघाखोकीलाई सामान्य लिनु हुन्न
बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ ।
बाल सिनेमाको संसार
विश्वका प्रसिद्ध सिनेमा निर्माता निर्देशकले सिनेमाको निर्माण सुरु भएदेखि नै हास्य, रोमाञ्चक, जासुसी सिनेमा बनाउन थालिसकेका थिए ।
बाल अधिकारको संरक्षणमा परिषद्
बालबालिकासम्बन्धी ऐन, २०७५ ले बाल अधिकार र हकहितको संरक्षण तथा संवर्धन गर्न राष्ट्रिय बाल अधिकार परिषद्को व्यवस्था गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको अध्यक्षतामा परिषद् रहने सो ऐनले व्यवस्था गरेको छ । पहिले बालबालिकासम्बन्धी ऐन, २०४८ थियो । २०७५ सालमा नयाँ ऐन जारी गरियो
बालबालिकाबारे सङ्क्षिप्त चित्र
भाइबहिनीहरू, बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकारलगायतका बारे जागरण फैलाउने उद्देश्यले नेपालमा राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।
सुरीको प्रतीक्षा
पुस महिनाको ठन्डी थियो । एक दिन सानिमाको घरबाट आउँदै गर्दा बनेपाको ध्यानकुटी विहारपछाडि बाटोको छेउमा एउटा सानो बिरालो पल्टिरहेको देखेँ । नजिकै गएर त्यसलाई छोएँ । जीवितै रहेछ । उठाउन खोजेँ तर त्यो उठेन । रौँ शीतले भिजेको थियो । शरीरभरि माटो थियो । ऊ हिँड्नै नसक्ने गरी बिरामी परेको रहेछ । उसलाई त्यत्तिकै छोड्न सकिनँ । हल्का फोहोर टकटक्याएर झोलाको कि
राष्ट्रिय बालदिवस बालबालिकाको पर्व
भाइबहिनीहरू, हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइन्छ । यस वर्ष ६०औँ राष्ट्रिय बाल दिवस मनाउँदै छौँ । हामी राष्ट्रिय बालदिवसकै बारेमा चर्चा गर्ने छौँ । घरपरिवार, समाज र राष्ट्रकै गहना बालबालिका हुन् । बालबालिका नभएको संसार त कल्पना पनि गर्न सकिँदैन । बालबालिकालाई राम्रोसँग हुर्कन, बढ्न, पढ्न, ज्ञान तथा सिप सिक्न पाउने वातावरण बनाइदिनु र उनीहरूलाई कुनै पनि हेला, भेदभाव, दुव्र्यवहार, दुःख, अप्ठ्यारो आदिमा पर्नबाट बचाउनु अभिभाभवक, समाज एवं सरकारको
रुघाखोकीलाई सामान्य लिनु हुन्न
बाबुनानीहरू, पछिल्लो समय बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी रोग अत्यधिक बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा भइरहेको तीव्र औद्योगिकीकरणका कारण विश्वसहित नेपालको वातावरण पनि दिनप्रतिदिन खराब बन्दै गएको छ । तीव्र औद्योगिकीकरणले गर्दा जलवायु परिवर्तनको असरसमेत बढ्न थालेको छ । विश्वभर वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मौसममा समेत असर पुग्न गएको छ । तीव्र औद्योगिकीकरणबाट आएको धुवाँ, धुलो, वंशाणुगत गुण, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या अत्यधिक बढेको छ । अस्पतालमा आउने बिरामीमध्ये धेरैजसो
बाल सिनेमाको संसार
विश्वका प्रसिद्ध सिनेमा निर्माता निर्देशकले सिनेमाको निर्माण सुरु भएदेखि नै हास्य, रोमाञ्चक, जासुसी सिनेमा बनाउन थालिसकेका थिए । विविध विषयका सिनेमा बनाउने क्रममा बालबालिकाको रुचिलाई लिएर बाल चलचित्र पनि बनाउन थाले । अमेरिका, हङ्गेरी, जर्मनी, फ्रान्स, रुस आदि देशले बाल चलचित्र बनाइसकेका थिए । स्विडेनका चलचित्र निर्देशक इङ्ग्मार बर्गम्यानले बालबालिकालाई विषय बनाएर सुरुवातमा केही सिनेमा बनाए । जापानका चलचित्र निर्देशक आकिरा कुरोसावा, अमेरिकाका चलचित्र निर्देशक अर्सन बेल्स आदिले बालबालिकामाथि राम्रा राम्रा सिनेमा बनाए । फ्रान्सका फ्रान्सुआ क्रुफोले एउटा बालकको मनोविज्ञानमा फो
रमाइला नानो स्याटेलाइट
अन्तरिक्षमा चासो राख्ने भाइबहिनीहरू, कुनै कुरा अन्तरिक्षमा पठाउँदा कस्तो हुन्छ भन्ने सोच्नुभएको छ ? आज हामी एकदमै रमाइलो विषय ‘नानो स्याटेलाइट’ (भूउपग्रह) का बारेमा जानकारी लिन गइरहेका छौँ । तपाईंहरूले केही वर्षअघि ‘नेपाल पनि भूउपग्रहको युगमा प्रवेश गर्यो, नेपालले पनि अन्तरिक्षमा आफ्नै स्याटेलाइट पठायो’ भन्ने समाचार सुन्नु वा पढ्नुभएको होला । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ साल वैशाख ४ गते प्रक्षेपण गरिएको थियो । यो नानो भूउपग्रह
गरिबी घटाउँदै विप्रेषण
भाइबहिनीहरू, आज हामी यात्रा गर्ने पैसाको कुरा गर्छौं । यात्रा भनेको एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नु हो । हामीले बाबुआमा, काकाकाकी, दाजुदिदी कसैले बैङ्कमा गएर अथवा नजिकै एउटा कुनै वित्तीय संस्थामा गएर रकम झिकेर ल्याएको देखेको हुनु पर्छ । हामीहरूका आफन्त वा चिने जानेका वा छिमेकी कोही विदेश जानुभएको हुन सक्छ । उहाँले पठाउनुभएको तलब बैङ्कमा जम्मा हुन्छ । अनि यताबाट आफन्तले चाहिए जति झिक्न पाउनुहुन्छ । अचेल हरेक चार घरमध्ये तीन घ
सामाजिक विषयमा यसरी अब्बल बन्ने
प्यारा विद्यार्थी भाइबहिनीहरू ! तपाईंहरूको पढाइलेखाइ कस्तो चल्दै छ नि ? पक्कै पनि राम्रै होला, होइन त ? आज हामीले ‘सामाजिक अध्ययन’ विषयमा कसरी राम्रो गर्न सकिन्छ भनेर चर्चा गर्ने छौँ । सामाजिक अध्ययन विषय विद्यालय तहमा पठनपाठन हुने एउटा अनिवार्य विषय हो । यस विषयको नाम कक्षा ४ देखि ८ सम्म ‘सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा’, कक्षा ९ र १० मा ‘सामाजिक अध्ययन’ र कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ हो । यो विषय समाजसँग सम्बन्धित विष
तरकारीमा नुन हाल्दा किन निस्कन्छ पानी ?
दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरा र अनुभव गरेका घटनालाई हामीले त्यति चासो लिने गरेका छैनौँ । ठुला मानिसका लागि यस्ता विषय सामान्य लाग्न सक्छन् तर बालबालिकाका लागि ती विषय अनौठा लाग्छन् । बालबालिकाको दिमागमा यस्ता हरेक परिवर्तनका घटना मात्र किन ? कसरी ? भन्ने प्रश्न उब्जन्छ । यस्तै प्रश्न र त्यसको सही समाधान खोजी गर्दै जानु विद्यार्थीको लक्षण हो । यस लेखमा त्यस्तै सामान्य घटनाको वैज्ञानिक कारणबारे बुझाउन खोजिएको छ ।
अनाथको आश्रय घर
भाइबहिनीहरू ! बाबुआमाको मृत्यु भएका वा कोही संरक्षक नभएका बालबालिकालाई टुहुरा भनिन्छ । रेखदेख र पालनपोषण गर्ने कोही नभएका बालबालिकालाई अनाथ भनिन्छ । यस्तै टुहुरा र अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले नेपाल बाल सङ्गठनको स्थापना २०२१ सालभदौ ४ गते गरिएको हो । तत्कालीन मुमा बडामहारानी रत्न शाहले आफ्नो जन्मदिन पारी भदौ ४ बाल सङ्गठन स्थापना गर्नुभएको थियो । लामो समय बाल सङ्गठनको अध्यक्षमा उहाँ नै रहनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्तिपछि बाल सङ्गठनको अध्यक्षमा रीतासिंह वैद्य नियुक्त हुनुभयो । २०७७ सालबाट बाल सङ्गठनको अध्यक्षमा विद्या उपाध्याय न्यौपा
सुजाता र चतुरे
सुजाता एक वर्षपछि घर फर्किन् । चतुरेलाई चौतारोमा बसेर बाटो हेरिरहेको देखिन् । सुजाताले उसलाई चार/पाँच वर्षअघि स्कुलबाट फर्र्किंदा बाटोमा एक्लै भेटेर घरमा ल्याएकी थिइन् । चतुरे नामले बोलाउन थालिन् । अनि ऊ चतुरे भयो । त्यतिबेला ऊ दुई महिना जतिको हुँदो हो । निकै दुब्लो र ख्याउटे थियो । टोलका कति मानिस सुजा
चितवन राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । वन्यजन्तुको सुरक्षाका लागि तोकिएको स्थललाई निकुञ्ज भनिन्छ । यो निकुञ्ज २०३० सालमा घोषणा भएको हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज सन् १९८४ देखि विश्वसम्पदा सूचीमा सूचीकृत छ । बागमती प्रदेशको चितवन, मकवानपुर, पर्सा र नवलपरासीका भूभाग यस निकुञ्जले ओगटेको छ । यो निकुञ्ज राप्ती, नारायणी, रियु जस्ता ठुला नदीले घेरिएको छ । बर्सेनि हजारौँ पर्यटकले यस राष्ट्रिय निकुञ्जको भ्रमण गर्ने गरेका छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । यहाँ विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा पाइन्छ ।
विश्व आदिवासी दिवस
दिवस भनेको दिउँसोको समय वा दिन हो । मानव समुदायमा अनेकन घटना हुन्छन् । विशेष घटनाको सम्झना गर्न तोकिएको विशेष दिनलाई दिवस भन्ने गर्छौं । त्यस्ता दिवसलाई विभिन्न देशका समुदायले सम्झिने गर्दछन् । देशभित्र मात्र मनाइनेलाई राष्ट्रिय दिवस भनिन्छ भने संसारभरि मनाइनेलाई विश्व वा अन्तर्राष्ट्रिय दिवस भनिन्छ । राष्ट्रिय शिक्षा दिवस, राष्ट्रिय योग दिवस, राष्ट्रिय बालबालिका दिवस आदि नेपालभित्र मात्र मनाइन्छ भने अन्तर्राष्ट्रिय साक्षरता दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, विश्व पृथ्वी दिवस आदि विश्वभ
सुन्दर सिमकोट
कर्णाली प्रदेशको हुम्लामा सिमकोट गाउँपालिका छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फागुनमा भएको हो । यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका तथा पश्चिम र उत्तरमा नाम्खा गाउँपालिका रहेको छ । गाउँपालिकालाई गणतन्त्र स्थापना हुनुअगाडि गाउँ विकास समिति भनिन्थ्यो । सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया र स्याँडा गाउँ विकास समितिलाई जोडेर सिमकोट गाउँपालिका बनाइएको हो । यस गाउँपालिकामा आठ वटा वडा छन् ।
पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त
कर्णालीका विद्यार्थी हरेक वर्ष मुगुको उत्तरी भेगमा यार्चागुम्बा सङ्कलन गर्न जान्छन् । मुगुको विकट क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकाका पाटनमा यार्चागुम्बा पाइन्छ । हिमाली भेगका अग्ला पहाडमा रहेका सम्म परेका मैदानलाई पाटन भनिन्छ । त्यहाँ जान निकै जोखिम मोल्नु पर्छ ।
अद्भुत जीव डल्फिन
भाइबहिनीहरूले पक्कै पनि डल्फिनको नाम सुन्नु भएकै छ होला । डल्फिन पानीमा पाइने अद्भुत जीव हो । स्वभाव र बुद्धिमत्ताका लागि डल्फिन परिचित छ । उच्च बौद्धिक क्षमताका कारण मानिससँग यसको विशेष सम्बन्ध छ । प्राचीन ग्रिसमा डल्फिनलाई शुभसङ्केतका रूपमा लिइन्थ्यो र समुद्री देवता पोसाइडनसँग जोडेर हेरिन्थ्यो । नेपाल–भारतमा पनि डल्फिनलाई धार्मिक–सांस्कृतिक कोणबाट हेरिन्छ । डल्फिन मानिसपछिको दोस्रो चेतनशील प्राणी हो । पानीमा बस्ने डल्फिन माछा जस्तै देखिए पनि स्तनधारी प्राणी हो । डल्फिनले आफ्नो बच्चालाई दुध खुवाउँछ । डल्फिनको रगत न्यानो हुन्छ । डल्फिन समुद्री स्तनधारी ‘ओर्डर सिटासिया’ समूहमा पर्दछ, जु