• १२ साउन २०८१, शनिबार

फिल्म फेस्टिभलको रमाइलो

blog

म कक्षा ४ मा पढ्छु । म नौ वर्ष पुग्न लागेँ । साथीहरू ! म मङ्सिर २४ गते (शनिबार) म मेरो परिवारको साथमा काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हेर्न राष्ट्रिय सभा गृह (सिटी हल) गएको थिएँ । राष्ट्रिय सभा गृह काठमाडौँको भृकुटीमण्डप रोडमा रहेको छ । डिसेम्बर ८ देखि १२ सम्म सञ्चालन भएको यो २०औँ फेस्टिभल हो रहेछ । यहाँ ३० देशका ६० वटाभन्दा बढी डकुमेन्ट्री तथा लामो र छोटा फिल्म देखाइएको थियो । 

हामीले यहाँ दुईवटा छोटो फिल्म हे-यौँ । पहिलो थियो ‘सपनाको आवाज’ र दोस्रो थियो ‘विलय’ । मैले यसरी फिल्म फेस्टिभलमा गएर फिल्म हेरेको पहिलो पटक हो । यसभन्दा अगाडि मलाई फिल्म फेस्टिभलका बारेमा थाहा थिएन । 

अब म किम्फमा हेरेको फिल्मका बारेमा लेख्छु । हामीले हेरेको पहिलो फिल्म बझाङ्गी भाषामा रहेछ । नेपाली नै हो तर मैले राम्रोसँग बुझिन । अङ्ग्रेज सबटाइटलमा लेखेको पढेर केही बुझेँ । यो फिल्मको मुख्य पात्रले पैसा लिएर भागेकोजस्तो पाएँ । यो करिब ४० मिनेटको थियो । त्यसपछि अर्को फिल्म हे-यौँ । त्यसको नाम ‘विलय’ थियो । यो नेपाली भाषामा भएकोले अलि रमाइलो लाग्यो तर त्यसको कथा के के थियो, पूरा बुझिनँ । फिल्मको कुरा मन परेर बेलाबेला अरू दर्शकले बेलाबेलामा ताली बजाए । मैले र दिदीले पनि ताली बजाउँदै रमाइलो ग¥यौँ ।

मलाई रमाइलो लागेको कुरा अर्को हल हो । हल धेरै ठूलो रहेछ । हलभरि मान्छे थिए । सभा गृह त रमाइलो हुने रहेछ भन्ने लाग्यो । हलभित्र जाने ढोकाभन्दा अलि बाहिर एक ठाउँमा कार्टुन र एनिमेसन गरेर कसरी फिल्म बनाउने भन्नेबारेमा पनि जानकारी दिने गरिएको रहेछ । मैले पनि त्यसबारेमा केही बुझेँ ।। 

सभा गृहको मुख्य गेटबाट पस्ने बित्तिकै एउटा स्टलमा आर्ट एक्जिबिसन पनि भइरहेको थियो । राम्राराम्रा आर्टहरू राखिएको थियो । मलाई असाध्यै मन प¥यो । त्यस्तै अर्को साइडमा नेपालमा पाइने चराहरूको संरक्षण गर्नुपर्छ भन्ने संस्थाको स्टल रहेछ । त्यहाँ विभिन्न चराहरू भएको किताब थियो । सानो पकेट बुक मैले पनि लिएँ । नेपालमा पाइने चराहरूको फोटो र चराका बारेमा लेखिएको एप्स पनि बनाइएको छ भनेर हामीलाई जानकारी दिइयो । त्यो एप्सको नाम ‘छिमेकी चरा’ रहेछ । 

फिल्म हेरेर बाहिर आएपछि मन परेको खानेकुरा खायौँ । खानाको पनि विभिन्न स्टल राखेको हुँदोरहेछ । दिदी र मैले मःम खायौँ । अर्को स्टलमा चिया र कफी थियो । मैले कफी त पहिले पनि खाएको थिएँ तर क्यापाचिनो भन्ने चाहिँ पहिलो पटक खाएँ । अलि बढी नै तीतो हुँदोरहेछ । 

किम्फमा भारत, पाकिस्तान, बङ्गलादेश, जर्मनीलगायतका धेरै देशबाट आएका मानिस आएका रहेछन् । एक जना फ्रान्सबाट आफ्नो फिल्म देखाउन आएका रहेछन् । उनको फिल्म र नेपालबारे बाबाले कुरा गर्नुभयो । बाबा र मामुले चिनेका मान्छेहरू पनि धेरै जना भेटिनु भयो । हामीले पनि सबैसँग परिचय गयौँ ।