निराजन परियार
चौमाला (कैलाली), मङ्सिर १२ गते। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतीक शक्ति भएर देशको नेतृत्व गर्ने बताउनुभयो।
नेपाली कम्युनिस्ट पार्टीले सुरु गरेको प्रदेशस्तरीय ‘सन्देश सभा’ अभियानको पहिलो कार्यक्रमलाई धनगढीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले आफ्नो पार्टी पूर्ण निर्वाचनको रूपमा तयार रहेको बताउदै तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। आगामी निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी एक नम्बर हुने दाबी समेत गर्नुभयो।
उहाँले नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको उल्लेख गर्नुभयो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शासनले गर्दा मुलुकले दुर्घटना व्यहोर्नु परेको उहाँको भनाइ छ। सन्देशसभा सुरु हुनुअघि नेपाली कम्युनिष्ट पार्टीले धनगढीको दुई ठाउँबाट र्याली निकालेको थियो।
चौराहा र क्याम्पस चोकबाट निकालिएको र्याली धनगढी रङ्गशालामा पुगेर सभामा परिणत भएको थियो।