• ४ जेठ २०८१, शुक्रबार

बानी (कविता)

blog

घाम लाग्दा घामै हुने पानी पर्दा पानी 

जस्तो सुकै परे पनि बस्यो सहने बानी ।।


जाडो खोज्दा तातो हुने तातो खेज्दा चिसो

जुन कुरा नचाहँदा त्यही लाग्छ लिसो ।

निष्ठुरी छ प्रकृति नै  गर्छ मनोमानी 

दिनसम्म दुःख दिन्छ आफैँ छानी छानी ।।


भतभती तताउँछ आगो परे सरी

कहिले फेरि ठिराउँछ रगतै जम्ने गरी ।

भने जस्तो हुनुपर्ने भयो अप्ठेरो बानी 

आँधी, हुरी, खडेरी र वर्षा बन्छ हानि ।।


निहुँ मात्रै अति खोज्छ काबुभित्र छैन 

दुनियाँ नै सताउँछ सुख दिने हैन ।

कस्तो कता भोगाउँछ आफै तानी 

निसानामा परेको छ हाम्रो जिन्दगानी ।


घाम लाग्दा घामै हुने  पानी पर्दा पानी 

जस्तो सुकै परे पनि बस्यो सहने बानी ।।