• ४ जेठ २०८१, शुक्रबार

रहरले सिकायो

blog

उनी स्टेजमा होस् या अन्य ठाउँमा आत्मविश्वासका साथ बोल्ने गर्छिन् । आफूले जानेको कुरा बोल्न डराउनु हुँदैन, डरायो भने त कहिल्यै पनि अघि बढ्न सकिँदैन, मुनासँगको कुराकानीको क्रममा उनले जिज्ञासु हुँदै भनिन् । 

आश्रिया थापा कपनमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा ३ मा पढ्छिन् । उनलाई कलाकार बन्ने असाध्यै रहर छ । उनी आफूलाई  बाल कलाकारका रूपमा चिनाउन चाहन्छिन् । यसका लागि उनले चलचित्रमा अभिनयको तालिम पनि लिइसकेकी छिन् । केही चलचित्रमा उनलाई अफर पनि आइसकेको छ तर विद्यालयको पढाइ छुट्ने डरले समय दिन पाएकी छैनन् । आश्रियालाई पढाइबाहेक अन्य धेरै अतिरिक्त क्रियाकलापमा पनि भाग लिन मनपर्छ । उनले एक वर्षअघि किड्स कार्निभल नामक फेसन सोमा भाग लिएर आफ्नो प्रतिभा सबैमाझ प्रस्तुत गरिसकेकी छिन् । त्यहाँ उनले फेसन सोसँगै उत्कृष्ट नृत्य  पनि प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिले सबैलाई 

लोभ्याएको थियो । त्यस्तै विद्यालयमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा उनी सधैँ प्रथम हुने गर्छिन् । हालसालै उनले किड्स क्यापिटल प्रतियोगितामा भाग लिएर सबैको मन जित्दै–‘मस्ट पपुलर च्वाइस अवार्ड’ पाउन सफल भइन् ।  ‘हुन्छ डटकम’ले  उनलाई ‘सद्भावना दूत’ पनि घोषणा गरेको छ । बालबालिकाको क्षमता प्रस्फुटन गर्न आयोजित धेरै कार्यक्रम हुन्छन् । 

मैले पनि धेरै पटक स्टेजमा गएर बोल्ने अवसर पाएको थिएँ । यस्ता कार्यक्रमले हामी साना बालबालिकाको साच्चै नै लुकेको प्रतिभा बाहिर ल्याउने रहेछ । मनमा रहर भए साथीहरू केही कुरा गर्न पनि लाज मान्नु हुँदैन । आफूजस्तै अरू साथीलाई पनि उनको सुझाव छ । 

 लक्ष्मी खतिवडा