• १२ साउन २०८१, शनिबार

शीर्षक के हो ?

blog

 सनतकुमार आचार्य 

घना जङ्गल । बीचमा एउटा पोखरी थियो । त्यहाँ एउटा सुन रङको भ्यागुतो बस्थ्यो । सुनको झैँ रङ भएकाले उसलाई सुनरङ्गे भ्यागुतो भनेर पोखरीभरि  चिनिन्थ्यो । हुनत त्यो पोखरीमा माछा, कछुवा, सर्पहरू पनि थिए । तापनि त्यो भ्यागुतो फरक खालको थियो । 

सुनरङ्गे  भ्यागुतो कहिल्यै पनि अरूलाई सताउँदैनथ्यो । उसले सबै पोखरीमा बस्ने  जीवजन्तुसँग  खुबै मिल्थ्यो । र उसले  सबैलाई माया र सम्मान गथ्र्यो । उसलाई पनि सबैले आदर गर्थे ।

उसका धेरै गुण भए पनि उसको बिहे भने भएको थिएन । राम्री दुलहीको खोजीमा उसले  धेरै समय बितायो । उसलाई एक दिन पोखरीका उसका साथीहरूले एउटी दुलही खोजिदिए । सो प्रस्ताव लिएर जाने र अब उसको बिहे धूमधामसँग गरिदिने सल्लाह पनि गरे । 

भ्यागुतो पोखरीको उत्तरी कुनातिर बस्ने गर्दथ्यो । त्यही कुनामा बस्ने गँगटो, कछुवा र सर्प ऊकहाँ गए । भ्यागुतोले जब आफ्ना मन मिल्ने साथी देखेपछि स्वागत गर्दै सबैलाई बस्न चेप्टो ढुङ्गो देखायो । आफूचाहिँ कचौराजस्तो बीचमा खाल्टो परेको सानो ढुङ्गामा बस्यो । र कुराकानी  गर्न थाल्यो ।  उसले “तपाईंहरू के कामले मकहाँ आउनु भयो भनी सोध्यो  ?”

“कछुवाले आफ्नो आँखाले भ्यागुतोको अनुहार हेर्दै जवाफ दियो” “हामीले तपाईंको बिहेका लागि दुलही खोजिदिएका छौँ, साच्चिकै तपाईंको बिहेका लागि ठीक दुलही खोजेका छौँ । ” भ्यागुतो मुसुक्क  हाँस्यो  ।  उसले टाउको ठाडो बनाउँदै  आकाशतिर हे¥यो र भन्यो, “कृपया अहिले तपाईंहरू धेरै कष्ट नगर्नु होला । ”

सोे भ्यागुतोका कुरा सुनेर साथीहरू अलमल परे । तैपनि प्रस्ताव राखिहालौँ भनेर कछुवाले पानीको   घुट्को निल्दै भन्यो, “हेर ! सुनरङ्गे हामीले तिम्रै रङको दुलही भेटेका छौँ । ती दुलहीलाई बिहे ग¥यौ भने तिमीहरूको जोडी मिल्नेछ ।  तिम्रा सन्तानहरू पनि सुनरङ्गे  हुनेछन् ।” 

ऊ फेरि मुस्कुरायो र सुनरङ्गेले आफूले बिहे गर्न नसक्नुको अर्थ बुझाउनुपर्ने ठान्यो । सोहीअनुरूप आफ्नो कुरा अगाडि राख्यो, “म तपार्इंहरूको भावनाको कदर गर्छु तर कुरा के भने, मैले यो  बर्खामा स्वर्गका राजा इन्द्रसँग पानीको लागि धेरै मेहनतको काम गर्नुपर्छ । मैले मेहनत नगरे पानी पर्दैन । पानी नपरे किसानले खेती गर्न पाउँदैनन् । खेती नगरे अन्न हुँदैन । किसान भोकभोकै मर्छन् । सिङ्गो मानव समाज अलपत्र पर्छ ।” 

सर्पले  जिब्रो देखाउँदै भन्यो, “कसरी पानी पार्नुहुन्छ ? तपार्इं पानी पार्ने मेसिन हो र ?” “मैले पानी पार्न सुरुमा विशेष आवाज निकाल्छु । जुन आवाज जब राजा इन्द्रले सुन्छन् । पृथ्वीलोकमा पानीको खाँचो छ भनेर पानी पारिदिन्छन् ।” माछाले सुनरङ्गेको कुरा काट्दै भन्यो, “बिहे गरेर पनि आवाज दिन सकिन्छ । आखिर पानी पार्नु त हो, जसरी भए पनि ।”

माछालाई कुरा बुझाउँदै सुनरङ्गेले भन्यो, “हेर्नुस्, मलाई राजा इन्द्रले सपनामा बर्खामा बिहे  नगर्नू आफ्नो कामको जिम्मेवारी कहिल्यै नछोड्नू । बर्खामा तिम्रो ध्यान पानीसँग मात्र केन्द्रित हुनुपर्छ, भनेका छन् । म आफ्नो जिम्मेवारी नाघ्न 

सक्दिन ।”

सुनरङ्गेको कुरा सुनेर उनीहरू केही बोल्न सकेनन् । भ्यागुतोले पेट घाँटी फुलाउँदै कराउने तयारी गर्न थाल्यो । जिउ तन्कायो र ट्यार ट्यार कराउन थाल्यो । 

सुनरङ्गे कराउनासाथ ठूलो पानी प-यो । उनीहरूको पोखरी भरिभराउ भयो । उसका साथीहरू सर्प, माछा, गंँगटा र कछुवाले अचम्म माने । साँच्चिकै सुनरङ्गे  भ्यागुताको पानी पार्ने शक्ति रहेछ भनेर ।

एकछिनमै किसनाहरू हलो जुवा बोकेर खेत खेतमा गए । कसैले धानको बीउ उखेल्न थाले । कसैले खेत जोत्न थाले । कसैले हिलोमा रोप्न थाले । भ्यागुतोको चानचुने काम होइन रहेछ भन्ने थाहा पाएर विवाह हिउँदमा मात्र गर्ने त्यसका लागि हुनेवाला दुलहीका बाबालाई हिउँदसम्म बाटो हेर्न प्रस्ताव गरे । 

बर्खापछि  हिँउद लाग्यो । धूमधामसँग विवाह भयो । सुनरङ्गे भ्यागुतोको वैवाहिक जीवन सुखमय भएर बित्यो । केही समयपछि साथीहरूले भनेझैँ सुनरङ्गे भ्यागुताका सन्तानहरू सुनरङ्गे नै जन्मिए पनि । पोखरीको सुन्दरता अझै बढेर गयो ।