• ४ जेठ २०८१, शुक्रबार

नारी शक्ति (कविता)

blog

कहिले आमा, कहिले छोरी, कहिले, साली बन्नुपर्छ

सधैँभरि कायर हैन हिम्मतवाली बन्नुपर्छ ।


बलात्कारी, यौवनपिपाशु राक्षसहरूको संहार गर्न

नारी अब शक्तिरूपी दुर्गा अनी महाकाली बन्नुपर्छ ।

              

जनता देश विकासमा अघि सरेका छन्

राष्ट्रियता जोगाउनलाई कति मरेका छन् ।


जनताका सपनालाई पूरा गरिदेऊ छिटो

वीर हाम्रा गोर्खालीले योगदान गरेका छन् ।


जिउनु पर्छ जिन्दगीलाई हरेस नखाई नखाई

कहाँ हुन्छ सफल जीवन दुःख नपाई नपाई ।


लक्ष्य बनाई उद्देश्यको सिँढी चढ्नु पर्छ

लक्ष्य  चुम्न सक्नुपर्छ  सधैँ रमाई रमाई ।।