• १३ पुस २०८१, शनिबार

परेवा र सानो बाबु

blog

बाल साहित्य लेखनमा कलम चलाउँदै आउनुभएका कवि तथा कथाकार सनतकुमार आचार्यको ‘परेवा र सानो बाबु’  बालकथा सङ्ग्रह दोस्रो संस्करण प्रकाशनमा आएको छ ।  बालसाहित्यको क्षेत्रमा प्रतिभाशाली स्रष्टा आचार्यको यो कथा सङ्ग्रह अङ्ग्रेजीमा पनि अनुवाद भएर प्रकाशित भएका छन् । उनीद्वारा लेखिएका ‘परेवा र सानो बाबु’ कथा सङ्ग्रहभित्र भाइको ज्ञान, बुद्धिमान कुखुरो, भँगेरा र कुकुरलगायत विभिन्न शीर्षकका १०  बालकथा सङ्ग्रहहित छन्  । पुस्तकको नाम राखिएको ‘परेवा र सानो बाबु’ शीर्षक कथामा मानिस चेतनशील प्राणी भएकाले नै दुःख भनेको कसैलाई पनि दिनु हँदैन समाजमा रहेर सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको चेतना जगाउन खोजेका छन् ।

 अत्यन्त सरल भाषामा बालबालिकाले बुझ्ने गरी लेखिएका कथा सङ्ग्रहभित्र समावेश सबै कथा मनोरञ्जन र सन्देशमूलक छन् भने ‘पाटु गाई’ शीर्षक कथामा गाई हाम्रो देशको राष्ट्रिय जनावर भएकाले गाईको धार्मिक महìवलगायत गाईलाई हामीले लक्ष्मी माताका रूपमा पूजा गर्ने गरेको सन्देश दिन खोजेका छन् कथाकारले ।

‘परेवा र सानो बाबु’ शीर्षकभित्रका सबै कथालाई नियाल्ने हो भने बालबालिकाहरूमा देखिने व्यवहार, चरित्र र बाल मनोविज्ञानलाई  दर्शाउन खोजिएका छन् कथाकारले । अन्त्यमा कथाकार सनतकुमारका यस्तै लोकप्रिय कृतिहरूको चाहना राख्दै शुभकामना ।