• ६ जेठ २०८१, आइतबार

जीवनको लडाइँ (कविता)

blog

कलियुग हो यो

विश्वास थोरैलाई गर्नु ।

खुट्टा तान्ने धेरै हुन्छन्

आफ्नो पाइला मजबुत पार्नु ।।


नडराउनु कोहीसँग यहाँ

न त कसैलाई हेप्नु ।

आफ्नो कुरा खोल्नु अगाडि

सयौँ चोटि सोच्नु ।।


हेप्न त सबैले जान्दछन् 

तर तिमीले सम्मान गर्नु ।

दुनियाँ अगाडि नाम राखी

आफ्नो प्रतिष्ठा बढाउनु ।।


दबाउन खोज्छन् तिमीलाई

तर आफैँ भरोसा राख्नु ।

निरन्तर अघि बढी

आफ्नो लक्ष्य सफल पार्नु ।।


अनुशासन र मेहनत 

तिम्रो जीवनको हतियार बनाउनु ।

यसको प्रयोगले

आफ्नो लक्ष्य हासिल गर्न तयार हुनु ।।


आफ्नो आँसु तिमी

मनभित्र दबाइराख्नु ।

त्यो दुःखलाई

एउटा ईष्र्या बनाइराख्नु ।।


त्यो ईष्र्याले सधैँ आफ्नो

मनलाई जलाइराख्नु ।

र त्यो आगो मेटाउन 

सफलताको पानी राख्नु ।।


सहयोग सबैले गर्छ 

तर सङ्घर्ष तिमी आफैँ गर्नु ।

यो लडाइँ केबल तिम्रो हो

तिमी आफैँ लड्नु ।।