• ४ जेठ २०८१, शुक्रबार

घर/जङ्गल (कविता)

blog

रुखै रुख भएको जङ्गल

सधैँभरि सुनसान हुन्छ ।


रुखहरूले कहिलेकाहीँ हल्ला त गर्छन्

बतासले हल्लाउँदा अनि

जनावरले चलाउँदा ।


जङ्गलमा बसेका विचरा प्राणीहरू

कोही बस्छन् चिसोमा

कोही छन् हिलोमा 

र कोही घस्रन्छन् धुलोमा ।


तर हामी कति धन्य

बस्नलाई छ घर, शरीरलाई कपडा

र मुखलाई मीठो खाना

हामी मान्छे हौँ कति तगडा ।

त्यसैले हामीले गर्नु हुन्न झगडा ।