• ४ जेठ २०८१, शुक्रबार

आमाबुबा (कविता)

blog

आमाले हुन् कोखबाट, जन्माएकी हामीलाई 

बुबाले हुन् पैसा कमाई, हुर्काएका हामीलाई ।

घरको पिलर बलियो जग, हुन है पिता उनी 

तिम्रै छोरा हुन पाउ, पिता जुनी जुनी ।।


आमा  तिम्ले तोते बोल्दै, हिँड्न सिकायौ

बुवा तिम्ले मेहेनत गरी अघि, बढ्न सिकायौ ।

स्वयम् ब्रह्म्मा, विष्णु, महेशले नि माथि मनेका

आमा बुवा तिमी नै हौ, हामीले जानेका ।।


विश्व घुमभन्दा गणेश बा–माको परिक्रमा गरे

तेसैले पहिले पुजिने देव, पुजामा उनि परे ।

पुराणमा सुखैसुख मानिएको, स्वर्ग पाउँछ कस्ले ?

जस्का  साथमा  बा–मा, स्वर्ग पाउँछ उस्ले ?


जन्मदिने आमा नै हुन्, बुबा कर्म दिने 

नसोच्नु यी महान् देउतालाई, वृद्धाश्रम लिने ।

अचेल वृद्धाश्रमा देउता राखि, मन्दिर मन्दिर धाउँछन्

जीवित देउता रूवाएर, सुख कहाँ पाउँछन् ?