• १३ पुस २०८१, शनिबार

‘रहरले पढिने सामग्री बालसाहित्य’

blog

नुवाकोट जिल्लाको थानसिङमा जन्मनुभएका बालप्रिय बालसाहित्य सर्जक हुनुहुन्छ । उहाँले पाँच दर्जनभन्दा बढी बालसाहित्यका पुस्तक लेखिसक्नुभएको छ भने त्यति नै सङ्ख्यामा बालसाहित्यका पुस्तकहरूको सम्पादन पनि गर्नुभएको छ । नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेसँग बालसाहित्य सिर्जना र यसको सेरोफेरोमा रहेर नेपाल डन बस्को स्कुलकी कक्षा ७ मा अध्ययनरत छात्रा आँचल श्रेष्ठले गर्नुभएको कुराकानी :

तपाईंले पहिलो पटक पढ्नु भएको बालसाहित्य के थियो ? 

मेरो गाउँमा एउटा सानो पुस्तकालय थियो । म त्यहाँ पढ्न गइरहन्थेँ । सायद मैले त्यहीँ नै पाएको पुस्तक हुनुपर्छ, ‘पशुपुकार’ । यो कविताको पुस्तक थियो । यो किताबमा पशुहरूले उनीहरूलाई बलि नदिनका लागि मानिसहरूलाई गरेको पुकार थियो, अनुरोध थियो । त्यो किताबले मलाई कस्तो प्रभाव पा-यो भनेँ मैले पाँच, छ वर्षसम्म माछामासु नै खाइनँ । 

बालबालिकाकै लागि  लेख्ने लेखक चै कसरी बन्नुभयो ?

म सानो छँदादेखि नै पाठ्यपुस्तकबाहेकका किताब पढ्नमा धेरै रुचि राख्थेँ । जब म पढ्न भनेर काठमाडौँ आएँ, त्यतिबेला मैले बालसाहित्यका धेरै पुस्तक पढ्न पाएँ । ‘विश्व वातावरण दिवस’का उपलक्ष्यमा वातावरणसम्बन्धी बालकथा लेख्ने मौका पाएँ । त्यसपछि मलाई यो क्षेत्रमा कलम चलाउन मन लाग्यो । 

तपाईंले पहिलो पटक लेखेको बालसाहित्य के थियो ? 

मैले पहिलो पटक ‘राक्षसले कसरी हा-यो’ शीर्षकको बालकथा लेखेको थिएँ । यो  पनि वातावरणसम्बन्धी बालकथा थियो । यो कथा 

गोरखापत्रको विशेषाङ्कमा छापियो । यस कथालाई रेडियो नेपालले पनि आफ्नो बाल कार्यक्रममा प्रसारण ग-यो । यो रेडियो नेपालकै वातावरणलगायतका कार्यक्रममा पटक–पटक प्रसारण भयो । त्यसबाट  त म साह्रै नै उत्साहित भएँ ।

बालसाहित्यका सामग्रीहरूले हामीजस्ता बालबालिकालाई के फाइदा हुन्छ होला ?

बालसाहित्य पढ्ने र लेख्ने बानीले हरेकलाई सिर्जनशील बनाउँछ, जिज्ञासु बनाउँछ । विद्यालयको पुस्तक पढ्ने बानी र रुचि दुवै बढ्छ । पाठ्यपुस्तक त करले पनि पढ्नुपर्छ भने बालसाहित्यका सामग्रीहरू त जिज्ञासाले अनि रहरले पढ्ने सामग्री हो । पाठ्यपुस्तकका कतिपय तथ्यहरू बालसाहित्यमा चित्रकथा, कविता नाटकजस्ता रहर लाग्दा स्वरूपमा छापिएका हुन्छन् नि हो त्यस्ता सामग्रीहरूले बालबालिकाको सिजर्नात्मक क्षमता बढाउने गर्छ । 

हामी सानाका लागि लेख्दा लेखकले बिर्सनै नहुने कुरा के के होला ?

साना उमेरकै मानिसलाई हेरेर, उहाँहरूको बानी, व्यवहारलाई बुझेर लेख्छौँ नि त हामी । लेखेका कुरा उहाँहरूलाई सुनाउँछौँ, उहाँहरूले बुझे नबुझेको सोध्छौँ अनि मात्र  पूर्ण रूपमा तयार गर्छौँ । 

बालसाहित्यमा रुचि भएका हामीजस्ता सानालाई के भन्न चाहनुहुन्छ ?

लेख्नका लागि धेरै पढ्नु पनि पर्छ । ठूलाले सानाका लागि लेख्दा बालबालिकाका उमेरअनुसारको रुचि, मनोविज्ञान, भाषिक क्षमता आदि कुरामा ध्यान दिनुपर्छ । लेखिसकेपछि आपूmले जुन उमेर समूहका लागि लेखेको हो, उहाँहरूलाई जति सक्यो बढीे सुनाउनुपर्छ । सानाले लेख्ने हो भने ठूलो मान्छेसँग छलफल गरेर सरल विषय छनोट गरेर धेरै पढेर लेख्नुपर्छ ।