विद्यालयको जग्गा व्यक्तिको नाममा
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५, सछिपोखरीस्थित रोसाभञ्ज्याङ प्राविको जग्गा व्यक्तिको नाममा रहेको खुलेको छ । जग्गा धनीले अर्कै ठाउँको जग्गा विद्यालयलाई पास गरिदिएपछि विद्यालयको जग्गा चाहिँ व्यक्तिकै नाममा रहेको पाइएको हो । रोसाभञ्ज्याङ प्रावि वि.सं. २०४५ मा स्थापना भएको हो । स्थानीय ओमबहादुर थापा (राजन) ले निःशुल्क उपलब्ध गराएको एक रोपनी जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएको थियो । २०७२ जेठ २८ गते जग्गा पास गरियो तर कित्ता नम्बर १७ बाट कित्ताकाट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।
‘अफ सिजन’मा बढे पर्यटक
सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । असारमा ८५७ विदेशी र १८ नेपाली, साउनमा ३२३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत अन्तिमदेखि जेठसम्म र असोजदेखि
ओखलढुङ्गा काँग्रेसले उम्मेदवारको नाम टुंग्यायो
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस ओखलढुङ्गाले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
कांग्रेस झापा क्षेत्र नम्बर ३ बाट सिटौला, ४ बाट थेबे सिफारिस
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकमात्र नाम सर्वसम्मत सिफारिस भएको छ।
राम कार्की ओखलढुंगाबाट केन्द्रको एकल उम्मेदवार
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि नेकपा (माओवादी केन्द्र) ओखलढुङ्गाले प्रतिनिधि सभाका लागि राम कार्कीको एकल नाम सिफारिस गरेको छ।
सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास जारी छ : माधव नेपाल
शशिधर पराजुलीविराटनगर, भदौ १८ गते। पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका आन्तरिक समस्याले गठबन्धनबीच सिट बाँडफाँटमा केही ढिलाइ भएको बताउनुभएको छ। विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले दलबीच केही दिनभित्रै सहमति बन्ने जानकारी दिनुभयो। ‘‘गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ। तर, सबै दलले आ–आफ्ना अडान राखिराखेका छन्,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘केही दिनभित्रै सहमतिमा यो विषय टुंगिन्छ।’’ गठबन्धनमा रहेको दलको हिसाबमा एकीकृत समाजवादीले पाउने सिट संख्याको बारेमा भने अध्यक्ष नेपालले स्पष्ट जवाफ दिनुभएन। उहाँले भन्नुभयो, ‘‘तपाईँहरुले मिडियामा ४० सिट भनेर लेख्नुभएको छ, कसैले ३० भनेका छन्, त्यो ५० पनि हुनसक्छ, १५, १०, एक वा नहुन पनि सक्छ।’’ नेपालले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने धारणा आफूले राखेको प्रष्ट पार्नुभयो। अध्यक्ष नेपालले चुनाव अघि वाम एकताको सम्भावना नरहेको र तत्काल माओवादीसँग एकता पनि नहुने बताउनुभयो। एकीकृत समाजवादी निकट कर्मचारीको विराटनगरमा आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै नेता नेपालले आउँदो चुनावमा पार्टीले समानुपातिकतर्फ २० लाख मत प्राप्त गर्ने बताउनुभयो। ‘‘समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित गर्छौं,’’ उहाँले भन्नुभयो।
युवाहरु बुथको रक्षक हुनुस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुने निर्वाचनमा युवाहरुलाई दर्शकको रुपमा नभइ बुथको रक्षकको भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
निर्वाचनमा धाँधली हुन नदिन सचेत हुनुहोस् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली हुन नदिन सचेत रहन पार्टी पङ्तिलाई निर्देशन गर्नुभएको छ ।
उदयपुर घटना : हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ
नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको हत्या गरिएको थियो । तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
पहिलो कार्यकालमा प्रदेशले पाएन नाम
प्रदेश सभाको दसौँ तथा बजेट अधिवेशन शुक्रबार अन्त्य भएको छ। प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरी सभामुख प्रदीपकुमार भण्डारीले जारी अधिवेशन अन्त्य भएकोे घोषणा गर्नुभएको हो। प्रदेश सभाको समयावधि अझै केही समय कायमै रहने भएकोले अन्तिम बैठक भने भन्न नसकिने सभामुख भण्डारीले बताउनुभयो। यद्यपि बैठकपछि प्रदेश सभामा सांसदहरूले फोटो सेसन गरिएको थियो भने चियापान गराएर अनौपचारिक रूपमा बिदाइसमेत गरिएको थियो।
स्तनपान कक्ष नहुँदा शिशु स्याहार प्रभावित
धनकुटाको साँगुरी गढी गाउँपालिका वडा नम्बर ७ गोल खाडी माध्यमिक विद्यालयको शिक्षिका टिकामाया राई आफ्नो १७ महिने बालक सहित विद्यालय आउनु हुन्छ । विद्यालयमा शिशु स्याहार कक्ष नभएका कारण आफ्नो बच्चा बोकेरै उहाँ बालबालिका बढाउन बाध्य हुनुहुन्छ ।
छरितो र सहज सेवा प्रवाह गर्न निर्देशन
प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्योगसँग सम्बन्धित सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
हात्तीको आक्रमणमा परी स्कुटी चालकको मृत्यु
झापाको मेचीनगर नगरपालिका ९ थोप्लेविराम सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र जंगली हात्तीको आक्रमणमा परी स्कुटी चालक महिलाको ज्यान गएको छ ।
उदयपुरमा एकै परिवारका तीन जनाको हत्या
भक्तिविलास पोखरेलगाईघाट, भदौ १७ गते । उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको हत्या भएको छ । शुक्रबार बिहान एकै परिवारका बाबु, आमा र छोराको शव भेटिएपछि हत्या भएको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश पोदारका अनुसार बेलका नगरपालिका ७ को मैनामैनीमा भएको घटनामा बाबु, आमा र छोराको शव भेटिएको हो । प्रहरी उपरीक्षक पोदारका अनुसार ३७ वर्षीय राजकुमार बस्नेत, उहाँकी श्रीमती ३० वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीया सुजन बस्नेतको शव भेटिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि स्थानीय ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा उहाँको भनाइ छ । घटनाको अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पोदारले जानकारी दिनुभयो । विभत्स हत्यापछि शव खेत र खोला किनारमा फालेको अवस्थामा संकलन गरिएको उहाँले बताउनुभयो ।
विस्थापित हुँदै रिक्सा, सञ्चालनमा ई–रिक्सा
तीन पाङ्ग्रे ई–रिक्साको व्यवस्थापन अब स्थानीय सरकारले गर्नुपर्ने भएको छ । झापासहित पूर्वी नेपालको विशेष गरेर तराई क्षेत्रमा रिक्साहरु विस्थापित भएर अहिले धेरै सङ्ख्यामा तीन पाङ्ग्रे ई–रिक्सा सञ्चालनमा रहेका छन् । परम्परागत रिक्साहरु भने अहिले हराइसकेको अवस्था छ ।
अब पालिका स्तरमै कन्सुलर सेवा
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सूचना प्रविधिको प्रयोग गरेर कन्सुलर सेवा अब पालिकास्तरमा विस्तार गरिने बताउनुभएको छ। उहाँले वैदेशिक रोजगार र अन्य कतिपय कामको सिलसिलामा सानो कामका लागि पनि ठूलो खर्च गरेर मन्त्रालयसम्म धाउनुपर्ने विद्यमान परिस्थितिको अन्त्य गर्दै मन्त्रालयले स्थानीय तहहरूबाट नै कन्सुलर सेवा प्रवाहमा सहकार्य गर्न थालेको बताउनुभएको हो।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा पेट सिटी स्क्यान सुरु
पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक सो सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो ।
छाडिएको मोबाइलबाट पत्ता लाग्यो ‘चोर’
गत मङ्गलवार राती करिब २ बजे खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङका वीरेन्द्र भगत श्रेष्ठको पसल चोरी गर्ने चोर पत्ता लागेको छ । चोरी गर्ने क्रममा घर बेटीले थाहा पाएपछि भाग्ने क्रममा छाडिएको मोबाइलबाट प्रहरीले चोर पत्ता लगाएको छ ।
गुणस्तरीय शिक्षामा बेलायतको साथ
नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोल्लिटले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने बताउनुभएको छ। नेपाली बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि बेलायत सरकार सधैँ साथमा रहेको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो। झापाको मेचीनगर–१२ स्थित सहरेडागी सरस्वती बालकल्याण माध्यमिक विद्यालय परिसरमा गोर्खा वेलफेयर ट्रस्टद्वारा निर्मित भवनको उद्घाटनका लागि झापा आउनुभएकी राजदूत पोल्लिटले १२ वर्षभन्दा कम उमेर समूहका सबै बालबालिकाको पढाइको विषयमा सबै चिन्तित हुनुपर्नेमा जोड दिनुभयो।
डाक्टर साहविरुद्ध बाल हिंसाको मुद्दा दर्ता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ ।
जवराको बयान बीचमै रोकिन सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।
‘घरेलु रक्सीको प्रवर्द्धन आवश्यक’
प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले घरेलु रक्सी (मदिरा) को प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ। आम्दानी वृद्धिसँगै आर्थिक समृद्धिका लागि घरेलु रक्सीको प्रवर्द्धन आवश्यक भएको मन्त्री हाङ्गामले बताउनुभयो।
झापामा जंगली हात्तीको आक्रमण बढ्दै
झापामा दैनिकजसो हुने जंगली हात्तीको आक्रमणका कारण स्थानीय समस्यामा परेका छन्।
महामन्त्री शर्मा झापा–१ बाट उम्मेद्वार सिफारिस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।