धनकुटा प्रदेशसभामा एमालेका राई र पराजुली विजयी
धनकुटाको प्रदेशसभामा नेकपा (एमाले) विजयी भएको छ। प्रदेशसभा (क) र (ख) मा एमाले विजयी भएको हो।
धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित
धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ ।
सोलुखुम्बुको प्रतिनिधि सभामा एमालेका मानवीर राई विजयी
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई एमालेको ३२ वर्षीय संसदीय इतिहासमा पहिलो पटक विजयी हुनुभएको छ ।
झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी
झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा (एलपी) विजयी हुनुभएको छ । साँवाले नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस जिल्ला सभापति देउकुमार थेबेलाई ६ हजार ८६७ मतअन्तरले पराजित गर्दै साँवा बिजयी हुनुभएको हो ।
इलाम क्षेत्र १ मा मतगणना सुचारु हुन सकेन
इलाम जिल्ला निर्वाचन क्षेत्र १ को मतगणना कार्य अझ सुचारु हुन सकेको छैन । मङ्गलबार राति १० बजेबाट अवरुद्ध मतगणना कार्य निर्वाचन अधिकृतको त्रुटीका कारण सुचारु हुन नसकेको बताइएको छ ।
झापा ५ (क) प्रदेश सभा सदस्यमा थापा विजयी
झापा ५ (क) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का होमबहादुर थापा विजयी हुनुभएको छ । नेकपा (मावोबादी केन्द्र) का गगन पुरीलाई पराजित गर्दै थापा बिजयी हुनु भएको हो । थापाले २४ हजार १२९ मत प्राप्त गर्नुभएको छ ।
ताप्लेजुङ (क) मा एमालेका मेन्याङ्बो निर्वाचित
ताप्लेजुङको निर्वाचन क्षेत्र (क) मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार तिलकुमार मेन्याङ्बो निर्वाचित हुनुभएको छ ।
पाँचथर प्रदेश सभा क बाट जवेगू विजयी
पाँचथरको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार कमलप्रसाद जवेगू विजयी हुनु भएको छ । नेकपा एमालेका राजकुमार भण्डारीलाइ ६ सय ३३ मत अन्तरले हराँउदै जवेगू प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
ताप्लेजुङ (ख) मा कांग्रेसका हाङ्गामा निर्वाचित
ताप्लेजुङको निर्वाचन क्षेत्र (ख) मा नेपाली कांग्रेसका उम्मेदवार खगेनसिंह हाङ्गामा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का प्रत्याशी गोपाल थोप्रालाई पराजित गर्दै हङ्गामा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
सबै पुल अलपत्र
उदयपुरको पूर्वी क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका सबै मोटरेबल ठूला पुलहरूको काम अलपत्र हुँदै आएको छ। विगत १० वर्षअघिदेखि सुनकोसी नदीमा निर्माण सुरु गरिएका तीनवटा तथा त्रियुगा, गिनेरी र लामा खोलाका एक–एकवटा गरी छवटा पुल निर्माणको काम अलपत्र परेको हो। उदयपुर, भोजपुर र खोटाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने धाप्लाङ, रानीटार, मैनामैनीस्थित सुनकोसी नदीको र त्रियुगाको सिवाई, गिनेरी खोला, लामा खोलाको पुल निर्माण यसअघि नै सम्पन्न भइसक्नुपर्नेमा निर्माण व्यवसायी तथा सम्बन्धित प्रविधिकको कमजोरीका कारण हालसम्म अलपत्र हुँदै आएको हो। सुनकोसीको धाप्लाङ र रानीटारको पुल तीन वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्नेमा हालसम्म पाँच प्रतिशतसमेत काम हुनसकेको छैन।
पाँचथर प्रदेशसभा (ख)मा माओवादी केन्द्रका इन्द्रवहादुुर आङवो विजयी
पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङबो (मौसम) विजयी हुनु भएको छ ।
खोटाङ प्रदेशसभा (क) मा एमालेका राई, ‘ख’ मा कांग्रेसका राई विजयी
खोटाङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई विजयी हुनुभएको छ ।
सोलुखुम्बु प्रदेशसभा (ख) मा एमालेका राजभण्डारी विजयी
सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा (एमाले) का बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
झापा २ मा एमालेका देवराज घिमिरे विजयी
झापा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का देवराज घिमिरे विजयी हुनुभएको छ । बुधवार राति सम्पन्न अन्तिम मतगणनामा एमालेका प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनुभएका घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल स्वागतलाई २२५६ मतले पराजित गर्नुभयो ।
झापाको १ (ख) मा राप्रपाकी सबिना बजगाईं विजयी
झापाको क्षेत्र नम्बर १ (ख) प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित हुनुभएको छ। नेकपा (एमाले)को समर्थनमा बजगाई विजयी हुनुभएको हो।
धरानमा म्यादी प्रहरीको बिदाइ
धरानमा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका म्यादी प्रहरीहरुको बिहीबार एक कार्यक्रमबीच बिदाई गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकारले देशभरीबाट जिल्ला प्रहरी कार्यालयमार्फत् भर्ना गरेको थियो ।
झापा १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी
झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो।
दोब्बर बढी मतान्तरले झापा ५ बाट अध्यक्ष ओली निर्वाचित
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट फराकिलो मतान्तरले विजयी बन्नु भएको छ । २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी बन्नुभएको हो ।
इलामको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित
इलामको दुई निर्वाचन क्षेत्रमा भइरहेको मतगणना स्थगित भएको छ । इलाम क्षेत्र नं २ मा साढे ३ बजेदेखि मतगणना स्थगित भएको हो ।
झापा १ को प्रदेशसभा (क) मा कांग्रेसका गोपाल तामाङ विजयी
झापा क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी हुनुभएको छ।
पाँचथरमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा : मतान्तर ९६ मात्र
राधा लुइँटेलफिदिम, मङ्सिर ७ गते। पाँचथर प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङबीचको प्रतिस्पर्धा रोचक बनेको हो। २५ हजार १ सय ८८ मत गणना हुँदा आङ्देम्बेले ९६ मतले नेम्बाङलाई पछाडि पार्नुभएको छ। आङ्देम्बेले १० हजार ८ सय ३ मत प्राप्त गर्दा नेम्बाङले १० हजार ७ सय ७ मत पाउनुभएको छ। प्रदेशसभा (क)मा जबेगुलाई अग्रताप्रदेशसभा (क)मा कमलप्रसाद जबेगुले अग्रता लिनुभएको छ। उहाँ ३२१ मतले अगाडि हुनुहुन्छ। एकीकृत समाजवादीका जबेगुले ९ हजार ८ सय २७ मत प्राप्त गर्दा नेकपा (एमाले)का राजकुमार भण्डारीले ९ हजार ५ सय ६ मत ल्याउनुभएको छ। प्रदेशसभा (ख)मा आङ्बोको अग्रताप्रदेशसभा (ख)मा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले अग्रता बढाउनुभएको छ। आङ्बोले ११ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको छ। एमालेका अइन्द्रकुमार नेम्बाङले ९ हजार १ सय ८३ मत पाउनुभएको छ। आङ्बो र नेम्बाङबीचको मतान्तर दुई हजार ७ सय २२ पुगेको छ।
मोरङ ५ (क) मा कांग्रेसका गनगाँई निर्वाचित
मोरङ निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित हुनुभएको छ ।
झापा क्षेत्र ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित सुनिश्चित
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं ५ मा जित सुनिश्चित भएको छ । दोब्बर मतभन्दा बढीको फराकिलो मतान्तरले उहाँको जित सुनिश्चित भएसँगै एमालेको विजयी र्यालीको तयारी सुरु गरिएको छ ।
झापाको क्षेत्र २ (ख) मा एमालेका चिन्तन पाठक विजयी
झापाको क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का चिन्तन पाठक विजयी बन्नुभएको छ । पाठक ३ हजार ८४० मतान्तरसहित विजयी हुनुभएको हो ।