• १२ वैशाख २०८१, बुधबार

झापा ५ (क) प्रदेश सभामा एमालेबाट हिक्मत कार्की निर्वाचित

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ८ गते । झापा ५ (क) मा नेकपा (एमाले) का नेता एवम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेसका जीवन राईलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । 

नेता कार्कीले २२ हजार ५३० र राले १७ हजार ५८ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा केपी शर्मा ओली र प्रदेश सभा ५ (ख) मा होमबहादुर थापा यसभन्दा अघि नै विजयी बन्नुभएको थियो ।