• १२ साउन २०८१, शनिबार

धनकुटा प्रदेशसभामा एमालेका राई र पराजुली विजयी

blog

मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिनुहुँदै धनकुटा प्रदेशसभा (ख)बाट निर्वाचित नेकपा (एमाले) इन्द्रमणि पराजुली । तस्बिर : कविराज

कबिराज घिमिरे 

हिले, मङ्सिर ८ गते। धनकुटाको प्रदेशसभामा नेकपा (एमाले) विजयी भएको छ। प्रदेशसभा (क) र (ख) मा एमाले विजयी भएको हो।

धनकुटा प्रदेशसभा (क)मा नेकपा (एमाले)का निरन राई १७ हजार १८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का अर्जुन राईले १० हजार २ सय २५ मत पाउनुभएको छ। जनता समाजवादीका रकम चेम्जोङले आठ हजार २ सय ४७ मत  ल्याउनुभएको छ।

धनकुटा प्रदेशसभा (ख)मा नेकपा (एमाले) इन्द्रमणि पराजुली निर्वाचित हुनुभएको छ । पराजुली १५ हजार ७ सय ९७ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी  (माओवादी केन्द्र)की कुसुमकुमारी श्रेष्ठले ११ हजार २३० मत प्राप्त गर्नुभयो। 


मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिनुहुँदै धनकुटा प्रदेशसभा (क)बाट निर्वाचित नेकपा (एमाले)का निरन राई। तस्बिर : कविराज