ताप्लेजुङमा मतगणना सुरु
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको करिव ४७ घण्टापछि मङ्गलबार अपराह्न ४ : २० बजेदेखि मतगणना सुरु भएको हो ।
खोटाङमा गठबन्धनको अग्रता कायमै
खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले अग्रता बढाउँदै लगेका छन् । हाल प्रतिनिधिसभाको हलेसी तुवाचुङ नगरपालिका क्षेत्रको मत गणना भइरहेको छ ।
पाँचथरमा रोचक प्रतिस्पर्धा, कांग्रेस ३२ मतले अगाडि : प्रदेशसभामा गठबन्धनको अग्रता
पाँचथरको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले अग्रता लिनुभएको छ । आङदेम्बेले नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङलाई ३२ मतले पछाडि पार्नुभएको हो ।
ओखलढुङ्गामा कांग्रेसका रामहरि अगाडि
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले पाँच हजार ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।
मोरङ ५ मा स्वतन्त्र उमेदवार मण्डलको अग्रता
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिनुभएको छ । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले ६ हजार २८१ मतका साथ अग्रता लिनुभएको छ ।
इलाम दुवै क्षेत्रमा एमालेका नेम्वाङ र बस्नेतको अग्रता
इलामको दुबै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुभासचन्द्र नेम्वाङ र महेश बस्नेतले अग्रता लिनुभएको छ । नेकपा (एस) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले शुरुदेखि पछि पार्नुभएको छ ।
एमाले अध्यक्ष ओली अग्रता बढाउनु हुँदै
झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ ।
कांग्रेस महामन्त्री शर्मालाई फराकिलो अग्रता
झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाउनु भएको छ ।
पाँचथरमा कांग्रेसको अग्रता
पाँचथरमा प्रतिनिधि सभातर्फको मतगणनामा अगाडि रहेका एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङलाई पछि पार्दै गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बे आउनुभएको छ ।
राजेन्द्र लिङ्देन सिटौला भन्दा १४८६ मतले अगाडि
झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १४८६ मतले अगाडि रहनु भएको छ ।
झापा क्षेत्र नम्बर २ मा एमालेको अग्रता
झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालबीच रोचक प्रतिस्पर्धा देखिएको छ । दुवैजना झिनो मतान्तरमा अघिपछि रहनुभएको छ ।
रुकुम पश्चिममा मतगणना सुरु
रुकुमपश्चिममा मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो ।
भोजपुरमा शेरधनलाई उछिन्दै सुदनको अग्रता
भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले अग्रता बढाएका छन् ।
झापा-४ मा एमालेको अग्रता
झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा एमालेका लालप्रसाद साँवाले अग्रता बनाउनुभएको छ । एमालेका साँवाले चार हजार २०४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल सुस्केराले चार हजार १७० मत ल्याएर पछ्याईरहनुभएको छ ।
पाँचथरमा कांग्रेसका आङदेम्बे अगाडि
हालसम्म आङदेम्वेले २२२० मत पाउनुभएको छ भने नेम्वाङले २०८५ मत पाउनुभएको छ ।
उदयपुरमा डा.खड्का रायमाझीको अग्रता
उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी रहेको छ ।
झापामा ३५ सय मतले अध्यक्ष ओली अगाडि
झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ ।
धरानमा राप्रपाको अग्रता
सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फको धरानको वडा नम्बर १ मा खसेको मत गणना सकिएको छ ।
झलनाथ खनाललाई पछि पार्दै एमालेका बस्नेतकाे अग्रता
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ मा ५४८ मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले चार हजार तीन सय ३६ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ ।
एमाले उपाध्यक्ष नेम्वाङलाई पछि पार्दै खड्का अगाडि
संविधान सभाध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछिल्लो मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार भन्दा ७७ मतले पछि पर्नुभएको छ ।
पाँचथरमा एमालेको अग्रता
प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले १६७२ मत सहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका भीष्मराज आङदेम्वेले १४५७ सहित पछ्याइ रहनु भएको छ ।
इलाम २ मा नेम्वाङलाई पछि पार्दै ६ मतले खड्का अगाडि
इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्काले एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता लिनुभएको छ ।
ओखलढुङ्गामा मतगणना सुरु
ओखलढुङ्गामा मतगणना सुरु भएको छ। सोमबार दिउँसोदेखि मतगणना सुरु गर्ने भनिए पनि केही विषयमा भएको विवाद समाधान नहुँदा मतगणनामा ढिलाइ भएको हो।
धरानमा मतगणना सुरु
धरान सुनसरी क्षेत्र नं १ को मतगणना कार्य सुरु भएको छ । सर्वपक्षीय बैठकले दिउँसोदेखि मतगणना सुरु गर्ने निर्णय भए पनि मतगणना कार्य ढिलो सुरु भएको हो ।