झापा २ प्रदेश सभा (क) मा एमालेका कार्की निर्वाचित
झापाको क्षेत्र नम्बर २ (क) मा प्रदेश सभा सदस्यमा नेकपा एमालेका एकराज कार्की निर्वाचित हुनुभएको छ । कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो ।
ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी
ओखलढुंगाको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा अत्यधिक मतका साथ विजयी हुनुभएको छ ।
मतपपत्रमा छापैछाप !
झापाको क्षेत्र नम्बर ५ मा मतगणना भइरहेको छ। मतगणनामा बसेका गणकदेखि लिएर राजनीतिक दलका प्रतिनिधि मतपत्रमा मतदाताले गरेको मतदानको शैली देखेर अचम्मित बनेका छन्। एकातिर अपेक्षा अनुसार मत नखसेको र अर्कोतिर बदर मत धेरै भएको देखिन्छ।
उदयपुर २ प्रदेशसभा (ख) मा कांग्रेसका खत्री विजयी
उदयपुरको निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार रामकुमार खत्री १२ हजार ६२७ मत प्राप्तगरी प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको छ ।
उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित
डाक्टर सुनिलकुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।
ताप्लेजुङमा एमाले सचिव भट्टराई निर्वाचित
ताप्लेजुङमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईले वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’ लाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
उदयपुर २ प्रदेशसभा (क) मा माओवादीका वुर्जामगर विजयी
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर वुर्जामगर आठ हजार १०५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो ।
झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाशको जित सुनिश्चित
झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित नजिक पुग्नुभएको छ ।
ताप्लेजुङमा एमालेका भट्टराई बढे अघि
ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार योगेशकुमार भट्टराईले अन्तिममा आएर अग्रता लिनुभएको छ । सुरुदेखि नै अग्रता कायम राख्दै आउनुभएका नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्री ‘पराग’लाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।
पाँचथरमा मतान्तर बढाउँदै कांग्रेस
पाँचथरमा प्रतिनिधिसभातर्फका गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बेले आठ हजार ७९६ मत प्राप्त गर्दै अगाडि आउनुभएको छ ।
मोरङ ६ मा डा. कोइरालाको अग्रता
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम छ ।
ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता कायम
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तीन हजार ७५५ मतान्तरले अग्रस्थानमा हुनुहुन्छ ।
ओखलढुङ्गा ‘ख’ मा माओवादीका गौतम विजयी
ओखलढुङ्गा प्रदेश सभा क्षेत्र ‘ख’ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश सभाको उम्मेदवार बाबुराम गौतमले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई एक हजार ९६ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
सगरमाथा आन्तरिक विमानस्थल
उदयपुरमा आन्तरिक विमानस्थल निर्माण गर्न करिब १४ हजार सखुवाका रुख काटिएको छ। त्रियुगा नगरपालिका वडा नं. १ र २ को जोगिदहस्थित कङ्ग र मोथियाही सामुदायिक वनको सीमाभित्र विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख काटिएको हो। झन्डै पाँच दशक पहिलेदेखि प्रतीक्षित आयोजनाका रूपमा विमानस्थल रहेको थियो। निर्माणका लागि अनेक कानुनी झञ्झट पार गर्दै बल्ल रुख कटान सम्पन्न गरिएको मोथियाही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामश्रीष्ठ चौधरीले बताउनुभयो।
ओखलढुङ्गा प्रदेशसभा (क) मा कांग्रेस विजयी
ओखलढुङ्गाको प्रदेशसभा क्षेत्र नं. (क) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी हुनुभएको छ । सुनुवारले ३६० मतान्तरले विजयी हुनुभएको हो ।
इलाम क्षेत्र नम्बर १ मतगणना सुरु हुन सकेन
इलाम क्षेत्र नम्बर १ मा मतपेटिकाको शीलको विषयमा विवाद भएपछि गएराति देखि स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन ।
ताप्लेजुङमा बुढाक्षेत्री अघिअघि, योगेश पछिपछि
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले सुरुदेखि नै आफ्नो अग्रतालाई कायम राख्नुभएको छ ।
पाँचथरमा कांग्रेसको अग्रता
पाँचथर जारी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेद्वार बीचको मत अन्तर साँघुरिएको छ ।
दिपायलमा माओवादी केन्द्र अघि एमाले पछि
डोटी प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली सामान्य मतले अगाडि हुनुहुन्छ ।
उदयपुर २ मा एमालेका रायमाझी विजयी
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ। उहाँ १५ हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो।
ताप्लेजुङमा योगेशलाई पछि पार्दै माओवादीका खेलप्रसादको अग्रता
ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार योगेशकुमार भट्टराईलाई पछि पार्दै नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्रीले अग्रता लिनुभएको छ।
उदयपुर १ मा कांग्रेसका खड्का र २ मा एमालेका रायमाझीको अग्रता
उदयपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। उदयपुर १ मा नेपाली कांग्रेसका डा.नारायण खड्का अगाडि हुनुहुन्छ।
सुनसरी –४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अगाडि
सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदबार सञ्चार तथा सूचना प्रविधी एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन हजार ४४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
इलाम-२ मा एमालेका नेम्वाङलाई पछि पार्दै कांग्रेसका खड्काको अग्रता
इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले एमालेका सुभासचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता बढाउनु भएको हो।