• १४ वैशाख २०८१, शुक्रबार

उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित

blog

काठमाडौँ, मङ्सिर ७ गते ।  डाक्टर सुनिलकुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रूपमा सम्मानित भएको छ ।

११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक वर्ष २०७७ र ७८  मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित भएको हो।

कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आयकर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।

नोबेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भागेन्द्रप्रसाद उपाध्यायले राम्रो सेवा दिँदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

जनतालाइ गुणस्तरीय सेवासँगै राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने संस्था बन्दा गर्व लागेको छ । उपाध्यायले भने “सरकारको नियम पालन गरेर सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको विषय हो” डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमानदारीले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाई कायम राख्ने गरी काम गर्ने बताए ।

नोबेल मेडिकल कलेज विराटनर यसअघि पनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने संस्थाका रुपमा सरकारबाट सम्मानित भइसकेको छ।