• १२ वैशाख २०८१, बुधबार

उदयपुर २ प्रदेशसभा (क) मा माओवादीका वुर्जामगर विजयी

blog

उदयपुरको प्रतिनिधि सभा क्षेत्र २ को प्रदेश सभा क्षेत्र (क) बाट विजयी हुनुभएका माओवादी केन्द्रका उम्मेदवार नारायणवहादुर वुर्जामगर । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ७ गते । उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर वुर्जामगर आठ हजार १०५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले आठ हजार ७० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जीवनराम भण्डारीले बताउनुभयो । 

उदयपुरगढी गाउँपालिका वडा नं ७ घ्याम्पे निवासी ५८ वर्षीय वुर्जामगर नेकपा (माओवादी केन्द्र) १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा उदयपुर प्रतिनिधिसभा २ को प्रदेशसभा १ को संयोजक समेत हुनुहुन्छ । वुर्जा यसअघि २०७४ को निर्वाचनमा पनि सो क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।