ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो
नेकपा (एमाले) ओखलढुङ्गाले उम्मेदवार छनौटको काम टुङ्ग्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि एमाले ओखलढुङ्गाबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
चार महिना बित्दासमेत विद्यार्थीलाई हात लागेन पुस्तक
नयाँ शैक्षिकसत्र सुरु भएको चार महिना बितेको छ । चार महिना बित्दासमेत धनकुटामा रहेका सामुदायीक विद्यालयका विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । यस वर्षको शैक्षिकसत्र जेठ १ गतेबाट सुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।
गायक शम्भु राई धनकुटाबाट सिफारिस
हिले, भदौ २३ गते । गायक शम्भु राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो रहेका राईलाई नेकपा [माओवादी केन्द्र]ले सिफारिस गरेको हो । उहाँसँगै तीन व्यक्तिलाई समेत सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत हुनुहुन्छ ।नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । त्यस्तै केन्द्रले प्रदेश क र ख प्रत्यक्ष तर्फ ४/४ जना तथा समानुपातिकतर्फ ५/५ जना सिफारिस गरेको छ ।
बीमाबापतको मृत्युदावी रकम प्रदान
ताप्लेजुङस्थित फरवार्ड माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सेवाग्राहीको आफन्तलाई बिमाबापतको मृत्युदावी रकम उपलब्ध गराएको छ । संस्थाले फुङ्लिङ शाखामा सदस्य बनी कर्जालगायत संस्थासँग नियमित कारोबार गर्ने फुङ्लिङ नगरपालिका–४ की कालीमाया हेम्ब्या मादेनको लिम्बूको आफन्तलाई मृत्युदावी रकम उपलब्ध गराएको हो ।
उम्मेदवार सिफारिसमा दलका पदाधिकारी र पूर्वमन्त्री
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएका छन्। झापामा उम्मेदवार सिफारिस हुने राजनीतिक दलका पदाधिकारी तथा पूर्वमन्त्रीको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले झापाको क्षेत्र नम्बर १ बाट पार्टी उपमहासचिव एवं पूर्वमन्त्री राम कार्कीलाई प्रतिनिधि सभा उम्मेदवारको रूपमा सिफारिस गरेको छ। उहाँ हाल पनि यस क्षेत्रको प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। यस क्षेत्रबाट यसभन्दा अघि नेपाली कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई सर्वसम्मत सिफारिस गरेको थियो।
पाँचथरबाट माओवादी केन्द्रले छान्यो सङ्घ र प्रदेशका उम्मेदवार
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को पाँचथर जिल्ला समितिले मंसिर २४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि जिल्लाबाट उम्मेद्वारको नाम सिफारिस गरेको छ।
एमालेलाई गठबन्धनका कारण चुनौती छ : सचिव भट्टराई
चन्द्र पन्दाकताप्लेजुङ, भदौ २२ गते । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा गठबन्धनका कारण एमालेलाई चुनौती रहेको बताउनुभएको छ। एमालेले धेरै स्थान (सिट) मा विजयी हासिल गर्दै बहुमत ल्याउने भए पनि गठबन्धनका कारण निर्वाचनमा चुनौती रहेको भट्टराईले बताउनुभयो।सदरमुकाम फुङ्लिङमा बुधबार प्रेस चौतारी नेपाल जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले एमालेविरुद्ध अर्थात् सत्ता स्वार्थका लागि गठबन्धन भएको आरोप लगाउँदै चुनाव लड्नका लागि भने एमालेलाई चुनौती रहेको बताउनुभयो। उहाँले गठबन्धनले गर्दा एमालेलाई चुनौती भए पनि मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो।ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन मन्त्रीसमेत रहनुभएका नेता भट्टराईले बहुमत ल्याउने गरी सम्पूर्ण सामर्थ्य साथ एमाले निर्वाचनमा केन्द्रित भएको पनि बताउनुभयो। उहाँले सङ्घ र सातवटै प्रदेशमा बहुमत ल्याउने गरी तयारीका साथ एमाले निर्वाचनमा केन्द्रित भएको बताउनुभयो। एकताको भावनासहित एकमत भएर एमाले निर्वाचनमा होमिएको उहाँको भनाइ छ। यता ताप्लेजुङबाट नै चुनावमा उठ्नेगरी प्रतिनिधिसभा सदस्यका लागि आफ्नो सशक्त दाबी रहेको पनि उहाँले सुनाउनुभएको। आफू ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता भएकाले उम्मेदवारका लागि अन्तिमसम्म दाबी रहने बताउनुभयो। ताप्लेजुङबाट प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको जिल्ला उपसचिव दीपेन पोमुले जानकारी दिनुभयो। पोमुका अनुसार प्रतिनिधिसभाका लागि नेता भट्टराईसहित पाँच जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ।
सङ्घीयताको समीक्षा गर्ने बेला होइन
सङ्घीयता विरोधीहरूले भ्रम छरेको भरमा सङ्घीयता सफल र असफल भन्ने समीक्षा गर्ने बेला नभएको सात प्रदेश सभाका सभामुख र उपसभामुख तथा सचिवहरूले धारणा राखेका छन्। प्रदेश १ को प्रदेश सभा सचिवालयको आयोजनामा धनकुटाको हिलेमा जारी अन्तरप्रदेश समीक्षात्मक गोष्ठीमा उपस्थित प्रदेश सभामुख र उपसभामुख तथा प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन्। उद्घाटन सत्रमा संविधानविद डा. काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशमा सङ्घीयताको अभ्यासमाथि प्रकाशपार्नु भएको थियो।
निःशुल्क शौचालयमा शुल्क, महिलालाई दोब्बर
झापाको दमकमा रहेका सार्वजनिक शौचालयहरूको प्रयोग निःशुल्क गर्ने भनेर दमक नगर सभाले नै निर्णय गरेको भए तापनि यसको कार्यान्वयन नभएको पाइएको छ। नगरपालिकालाई कहाँ कहाँ सार्वजनिक शौचालय छन् र त्यहाँ कति शुल्क उठाइन्छ भन्ने समेत अहिलेसम्म पत्तो छैन।
झापाबाट उम्मेदवार सिफारिस हुनेमा राजनीतिक दलका पदाधिकारी र पूर्व मन्त्री धेरै
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तिब्रता दिएका छन् । झापामा उम्मेदवार सिफारिस हुनेहरु राजनीतिक दलका पदाधिकारी तथा पूर्व मन्त्रीहरुको संख्या उल्लेख्य रहेको पाईएको छ ।
कांग्रेस सह महामन्त्री आङदेम्बेकाे नाम पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस
नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्बे पाँचथरबाट सङ्घीय प्रतिनिधि सभा सदस्यका लागि सिफारिस हुनुभएको छ।
जसपा ताप्लेजुङले गर्यो उम्मेदवारको नाम सिफारिस
सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। जसपा नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो।
सोलुका अधिकांश दलद्वारा उम्मेदवार सिफारिस
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका छन् । नेपाली काँग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित आठ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।
अब ड्रोनबाट सुरक्षा निगरानी
धरान तथा आसपासमा पर्ने नदी खोला, नाला तथा वन जङ्गल क्षेत्रबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन, खानेपानीको मुहान साथै बजारलगायतका संवेदनशील क्षेत्रको सुरक्षा निगरानी अब ड्रोनबाट गरिने भएको छ। धरान उपमहानगरपालिकाका नगर प्रहरीले धरानको समग्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा ड्रोनबाट निगरानी गर्ने भएको हो। धरानका प्रमुख हर्कराज राई साम्पाङको अवधारणाअनुसार धरानमा विभिन्न खोला, नाला, वन क्षेत्रलगायत बजारसमेतको निगरानीमा नगर प्रहरीले ड्रोन प्रयोग गर्न थालेको हो।
सङ्ग्रहालयमा छैनन् सुरक्षाकर्मी
अनेकौँ अमूल्य वस्तु सङ्ग्रह गरी प्रदर्शनको लागि राखिएको सङ्ग्रहालय सुरक्षाको लागि सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने हो तर धनकुटामा भने अमूल्य वस्तुको सुरक्षा मात्र सीसी क्यामराको भरमा छ। धनकुटास्थित प्रदेश सङ्ग्रहालयमा विभिन्न अमूल्य वस्तुसहित करोडौँ रुपियाँ बराबरका विभिन्न जातिगत गरगहना सङ्ग्रह गरिएको छ। यो सङ्ग्रहालय २०३९ सालमा निर्माण गरी ०५१ सालबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको हो। ०५१ सालमा एक ग्यालरीमात्र थियो तर पछि २०६७ सालमा विभिन्न जातजातिको बहुमूल्य गरगहनासहित दोस्रो निर्माण गरियो। सुरक्षाको कारण देखाउँदै दोस्रो ग्यालरी लामो समयसम्म सञ्चालन गरिएन। विभिन्न निकायमा सुरक्षाकर्मीको माग गर्दा उपलब्ध हुन नसकेपछि २०७४ सालमा सीसी क्यामरा जडान गरियो र दोस्रो ग्यालरी पनि सर्वसाधारणको लागि खुला गरियो।
फोहोर फ्याँक्ने चिन्न रात्रि गस्ती
झापाको दमक नगरपालिकाको मुख्य चोक बजारमा रात परेपछि फोहोर ल्याएर फ्याँक्नेहरूको पहिचान गर्न रात्रि गस्ती सुरु भएको छ। प्रत्येक दिन फोहोर सङ्कलनका लागि सवारीसाधनहरू जाने स्थलमा समेत रातको समयमा पूर्व–पश्चिम राजमार्गको छेउमा मुख्य बजार चोक आसपास नै फोहोर फ्याँक्ने क्रम बढेपछि रात्रि गस्ती सुरु गरिएको बताइएको छ। नेक्स्टइरा इनर्जी प्रालिले दमकको फोहोर व्यवस्थापन गर्दै आएको छ। दैनिक ४० टनसम्म फोहोर उठाउन सकिने र मुख्य बजार तथा चोक क्षेत्रमा दैनिक रूपमा फोहोर सङ्कलनका लागि फोहोर उठाउने गाडी जाने गरेको सो प्रालिका निर्देशक विमल खतिवडाले बताउनुभएको छ। बारम्बार फोहोर जथाभावी फ्याँक्ने कार्य रोक्न सार्वजनिक सूचना र कारबाही गर्न माग गर्दा स्थानीय सरकारले ध्यान नदिएपछि आफैं गस्तीमा निस्केर सम्झाइबुझाई गर्न थालिएको उहाँले जानकारी दिनुभयो।
काँग्रेस ताप्लेजुङद्वारा उम्मेदवारको नाम सिफारिस
नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
प्रदेश –१ का मुख्यमन्त्रीलाई मातृशोक
प्रदेश नम्बर – १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँको आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार बिहान १० : २५ बजे विराटनगरमा निधन भएको छ ।
भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो ।
बढ्दै छन् ‘बेसमेन्ट पार्किङ’सहितका संरचना
विराटनगरमा पछिल्लो समयमा बनेका व्यापारिक भवनले ‘बेसमेन्ट पार्किङ’ प्रयोजन खुलाएर नक्सा पास गरे पनि सडकमा रोकिएका सवारीका कारण जाम हुने गरेको छ। महानगरको क्षेत्राधिकारका सडक मात्रै नभई विराटनगरको बजार क्षेत्रमा राष्ट्रिय राजमार्गअन्तर्गत रानी–धरान सडकखण्डसमेत सवारी पार्किङस्थल बन्ने गरेको छ। विराटनगरमा पार्किङ व्यवस्थापनको काम गर्न जरुरी छ भन्ने अहिलेसम्म स्थानीय सरकारले बुझ्न सकेको छैन। निश्चित क्षेत्रका लागि तोकिएका पार्किङ स्थल नहुँदा महानगर क्षेत्रमा सवारी आवागमन नै अवरुद्ध हुनेगरी सडकको जाम छिचोल्न असहज बन्दै गएको हो।
सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुनुहुन्छ ।
अवैधरुपमा ल्याइएको ४० बोरा चिनी बरामद
जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिका वडा ३ राजगढ बजारस्थित रहेको पशु हाटबाट अवैधरूपमा राखिएको ४० बोरा चिनी बरामद गरेको छ ।
पाँचथरबाट एमाले प्रतिनिधिसभा सदस्यमा नेम्वाङ सिफारिस
नेकपा (एमाले) ले पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार नेम्वाङको नाम सिफारिस गरेको छ।
जुटखेतीमा किसानको आकर्षण घट्दै
तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको किसान बताउँछन् ।