आत्महत्या रोक्न सचेतना अभियान
झापामा दैनिकजसो आत्महत्याका घटना हुन थालेपछि यसको रोकथामका लागि सचेतना अभियान सुरु गरिएको छ । आइतबार झापाको दमकमा जिल्लाका सरकारी निकाय, विद्यालय, सामाजिक सङ्घसंस्थालगायतको सहभागितामा सचेतना ¥यालीको आयोजना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा -याली भएको हो ।
तयार भयो सामुदायिक अस्पताल
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–६, मुक्लीमा दूधकोसी सामुदायिक अस्पताल भवन सञ्चालनका लागि तयार भएको छ। दुर्गम गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिहरूबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शøयाको अस्पताल निर्माणको काम थालिएको थियो।
विराटनगर विमानस्थल विस्तारको काम स्थगित
सरकारले विराटनगर विमानस्थल विस्तारको काम तत्काल अघि नबढाउने भएको छ। गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सो विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको करिब १२७ बिघा जमिन अधिग्रहण नगर्ने निर्णय गरेपछि विस्तारको काम तत्काल रोकिने भएको छ। जग्गा अधिग्रहणको काम तत्काल नगर्ने भएको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार जानकारी दिनुभयो।
थारू समुदायमा शुद्ध जितिया मनाइँदै
आदिवासी थारू तथा तराई मूलका महिलाहरूले यस वर्ष पनि शुद्ध अर्थात् राम्रो जितिया मनाइरहेका छन्। उदयपुरलगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाहरूले शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्। शुद्ध मिल्नु अर्थात् शनिबार बिहानै जलाशयमा गएर स्नान गरी पूजा गर्ने र साँझमा दरलगायतका मीठो परिकारहरू खानपान गर्ने, आइतबार उपवास बस्ने र सोमबार फेरि नुहाएर पूजा विसर्जन गर्नका लागि अघिल्लो वर्ष जस्तै यो वर्ष पनि यस्तो बार र तिथिको संयोग मिलेकोले यसैलाई शुद्ध जितिया भनिएको थारू पण्डित वासुदेव चौधरीले बताउनुभयो।
शहीद परिवारलाई उपचार खर्च दिने निर्णय
प्रदेश १ सरकारले शहीद परिवारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति आन्दोलनलगायतको क्रममा सहादत प्राप्त गर्नेका परिवारलाई स्वास्थ्य उपचार रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो।
सुधारका लागि बाइस विद्यालय छनोट
ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २२ वटा विद्यालय छनोट भएका छन्। शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पक्की भवन निर्माणसहितका योजना सञ्चालनका लागि ती विद्यालय छनोट भएका हुन्। कार्यक्रमका लागि सबैभन्दा बढी सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका पाँचवटा विद्यालय छनोट भएका छन्। छनोट भएकामध्ये वीरेन्द्र माध्यमिक विद्यालय र दुर्गमक्षेत्र आधारभूत विद्यालयमा चारकोठे भवनको योजना परेको छ। फुङ्लिङ नगरपालिकाकै मेवाराजा आधारभूत विद्यालय र शिव आधारभूत विद्यालयलाई दुईकोठे भवन तथा सिद्धकाली माध्यमिक विद्यालयमा आईसीटी स्थापनाका लागि छ लाख ५० हजार रुपियाँको योजना परेको छ।
सडक छ, पुल छैनन्
दिक्तेल–चखेवाभन्ज्याङमा पर्ने मध्यपहाडी लोकमार्गको सडकखण्डका खोलाहरूमा मोटरेबल पक्की पुल निर्माण नहुँदा समस्या भएको छ। खोटाङबाट पर्यटकीय स्थल चखेवाभन्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ४६ किलोमिटर लामो सडकखण्डको करिब ३५ किलोमिटर कालोपत्र सम्पन्न भए पनि बीच भागमा पर्ने खोलाहरूमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको हो।
आधा शताब्दीपछि शुद्ध पिउने पानी
मोरङको कानेपोखरीवासीले गाउँ स्थापना भएको आधा शताब्दीपछि शुद्धपानी पिउन पाएका छन्। कानेपाखरी–७, हाइवे लाइनमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको शुक्रबार प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गर्नुभयो। १ नं. प्रदेश निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्र एक खानेपानी आयोजनाअन्तर्गत निर्माण भएको खानेपानी आयोजना २०७५ को पुस १६ गते राईले नै शिलान्यास गर्नुभएको थियो। खानेपानीको उद्घाटन गर्दै सांसद राईले जिल्लाका कुनै पनि खानेपानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको बताउनुभयो। विकासका काममा दलीय दृष्टिले हेर्दा हाम्रा आयोजनाहरू समयमा सम्पन्न हुन नसकेको बताउँदै उहाँले कानेपोखरीका ट्युबवेल र इनार सुकेर यहाँका बासिन्दा काकाकुल बन्न
लगानी अभावले जीपलाइन योजना अलपत्र
पूर्वको पर्यटकीय स्थल भेडेटारमा निर्माणाधीन जीपलाइन योजना लगानी अभावले अलपत्र परेको छ । भेडेटारका होटेल व्यवसायी आशिष् राई र किरण राईले संयुक्त रूपमा निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको उक्त जीपलाइन वित्तीय संस्थाहरूबाट लगानी नजुट्दा अलपत्र परेको हो ।
मुक्लीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल
सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका –६ मुक्लीमा दूधकोशी सामुदायिक अस्पताल तयार भएको छ । दुगर्म गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरिएको हो ।
दमकमा सुविधासम्पन्न आधुनिक सपिङ कम्प्लेक्स बन्ने
झापाको दमक –७, बजारमा रहेको अतिक्रमित टहरा हटाएपछि खाली रहेको जमिनमा करिब ७० करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न आधुनिक ‘दमक सपिङ कम्प्लेक्स’ बन्ने भएको छ । बर्षौदेखिको निरन्तर प्रयासमा एक बर्षअघि दमक नगरपालिकाले बल प्रयोग गरेर नगरपालिकाको स्वामित्वमा रहेको जग्गाको अतिक्रमण हटाएको थियो ।
गाईघाटमा जितिया महोत्सव
‘जितिया महोत्सव–२०७९’ थरुहट उदयपुर रङ्गशाला गाईघाटमा आयोजना हुने भएको छ । थारू समुदायको महान् चाड जितियाका अवसरमा थारू युवा समाज उदयपुरको आयोजना र सेविल इन्टरटेनमेन्टको सहआयोजनामा महोत्सव आइतबार सुरु हुँदै छ । महोत्सवमा थारू राष्ट्रिय चर्चित कलाकार समीक्षा चौधरी, नरेश जोगी, आरके थारू, विजय चौधरी र आरसी चौधरीले प्रस्तुति दिनुहुनेछ । महोत्सवका अवसरमा यस वर्षका मिस्टर एन्ड मिस थारूका विजेता तथा सहभागीलाई सम्मान गरिनेछ ।
ढिस्काका कारण आवागमनमा बाधा
सडकमा सवारी आवागमन अवरोध भए त्यसलाई हटाएर खुला पारिन्छ। फुटपाथ खाली गराएर पैदल यात्रुका लागि बाटो बनाइन्छ। खुला र चिल्ला सडकले सहरको सुन्दरतालाई झल्काउँछ। सवारी र यात्रुको ओहोरदोहोर सहज हुँदा सडककै कारण पनि सहर शान्त हुन्छ। तर विराटनगर बजारको अति व्यस्त क्षेत्र महेन्द्र चोक–ट्राफिक चोकबीचको १४० मिटर दुरीको हिमालय रोड अहिले सबैभन्दा अस्तव्यस्त बनेको छ। महानगरपालिकाले सौन्दर्यीकरणको नाममा सडकमै ढिस्का बनाएको छ। सहर सौन्दर्यीकरणको नाममा ११.६ मिटर चौडाइको सडकबीच भागमा सिमेन्टका ढिस्का बनाइएको हो। जसले दैनिक पाँच हजार सवारी आवागमन प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजेन्द्र कार्की बताउनुहुन्छ।
वडा कार्यालयमा तालाबन्दी
राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय एक सातादेखि बन्द रहेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले गत शुक्रबारदेखि वडाको सेवा बन्द गर्दै वडा कार्यालयमा ताला लगाएका छन् ।
जसपाका ५४ जना नेता कार्यकर्ताले पार्टी छाडे
जनता समाजवादी पार्टी नेपाल (जसपा) का २ जना केन्द्रीय परिषद सदस्य र लेखा समिति सदस्यसहित ५४ जना नेता कार्यकर्ताले सामुहिक रुपमा पार्टी छोडेका छन् ।
साल्मे सिस्नेरी पहिरोका कारण यात्रा कष्टकर
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लास्थित साल्मे–सिस्नेरी सडकखण्डमा गएको पहिरोका कारण यात्रा कष्टकर बनेको छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी
नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा पहिलो पटक ४९ प्रतिशत शेयर साधारण शेयरका रुपमा समेत लगानी हुनेछ ।
गाउँमै कम्प्युटर इन्जिनियरिङको पढाइ
विशेषगरी सहरी क्षेत्रमा मात्र पढाइ हुने गरेको कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ ओखलढुङ्गाको दुर्गम गाउँमा सुरु गरिएको छ। जिल्लाको सुनकोसी गाउँपालिका–५, डाँडाखर्क मूलखर्कमा चालू शैक्षिक सत्र २०७९ देखि कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु गरिएको हो।
खुम्बुका पर्यटन व्यवसायी फर्किंदै
सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक आवागमन बढ्न थालेसँगै ‘अफ सिजन’मा बाहिर गएका खुम्बुका पर्यटन व्यवसायी धमाधम फर्किन थालेका छन्। पछिल्लो समय सो क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको चाप बढेसँगै भ्रमण तथा अन्य कामका लागि अन्यत्र गएकाहरू खुम्बु फर्किने क्रम सुरु भएको हो।
लेखक रामप्रकाश समथिङको निधन
राधा लुइटेलफिदिम, भदौ ३० गते । पाँचथर जिल्लालाई कर्मथलो बनाएर लेखन विधामा सक्रिय साहित्यकार गुरुङ रामप्रकाश (समथिङ) को निधन भएको छ। उहाँको ५४ वर्षको उमेरमा झापाको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा बिहीबार साँझ निधन भएको समथिङ फाउण्डेसनका अध्यक्ष मंगल बेघाले जानकारी दिनुभयो । बेघाका अनुसार सामान्य ज्वरो आएर फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका समथिङको स्वास्थ्यमा सुधार नआएपछि दुई दिन अघि झापाका लागि रेफर गरिएको थियो।उहाँको शरीरमा अक्सिजनको कमीसँगै रगतमा प्लेटलेस र रक्तचाप कमी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। समथिङद्वारा लिखित राजनीति, साहित्य र उपन्याससँगै विभिन्न विधाका ५४ वटा पुस्तक प्रकाशित छन्। पछिल्लो पटक उहाँका स्थानीय तह निर्वाचन २०७९ र ओयामका जनप्रतिनिधि नामक पुस्तक प्रकाशन भएका छन्। यसअघि उहाँले २२ वटा पुस्तक एकैसाथ सार्वजनिक गर्नुभएको थियो।सामाजिक कार्यमा सक्रिय समथिङ ९ हजार ३ सय ९२ दिन निरन्तर दैनिकी लेख्दै आउनु भएको थियो। उहाँको संरक्षकत्वमा समथिङ फाउण्डेसन नामक संस्था दर्ता भएर सामाजिक र साहित्यिक गतिविधिमा सक्रिय छ।नेपाल पत्रकार महासङ्घका सदस्यसमेत रहनुभएका समथिङ मानव अधिकारको क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो।
गलतलाई भोट हालेर देश बिग्रियो : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतालाई भोट हालेर देश विगार्ने काम जनताले नै गरिरहेको बताउनुभएको छ । बिहीबार इलाममा पार्टीले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
इलामको सूर्योदयमा ५० करोडको लगानीमा सडक र बसपार्क बन्ने
प्रेम अधिकारी पशुपतिनगर (इलाम) भदौ ३० गते । इलामको सूर्योदय नगरपालिकामा एकै दिन पाँच वटा सडक र एउटा बसपार्कको शिलान्यास गरिएको छ। एकीकृत सहरी विकास कार्यक्रम अन्तरगत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा निर्माण हुने सडक र बसपार्कको पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास गर्नु भएको हो। बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो। आयोजना अन्तर्गत पशुपतिनगरमा ६ रोपनी जमिनमा ३ करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुने छ। बहुबर्से आयोजनाका रूपमा सञ्चालन गरिएका सडक अन्तर्गत अन्तदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बीसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड अन्तर्गत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उप महानिर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ। उपमहा निर्देशक भण्डारीले चाँडै सम्झौता भएर काम सुरु हुने बताउनुभयो। भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा ५० र २० करोडका दरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। नगर भित्र यीसहित १० वटा योजना विभागबाट सञ्चालन हुने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार अन्तु पोखरी, जोरपोखरी र कन्यामको ब्युटिफिकेशन समेत आयोजना अन्तर्गत गरिने छ।शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री खनालले अबको केही वर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सहरको विकास भए पनि धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताउनुभयो।कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वाधार पर्ने गरी आयोजनाले काम गर्ने जानकारी दिनुभयो। उहाँले देशका विभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो। नगर प्रमुख राईले आयोजनाका काम समयमै सम्पन्न गर्ने गरी नगरले काम थाल्ने जानकारी दिनुभयो।
मतदानस्थल अपाङ्गतामैत्री बनाउन माग
अपाङ्गता भएकाहरुले झापाका मतदानस्थल अपाङ्गतामैत्री बनाउनु माग गर्नुभएको छ । आफुहरुलाई मतदाताको रुपमा मात्र प्रयोग नगरेर राजनीतिक अधिकार सुनिश्चित्ताका लागि उम्मेदवार छनौटमा समेत प्राथमिकतामा राख्नुपर्ने माग राख्नुभएको छ ।
गठबन्धनका उम्मेदवारबारे एक सातामा टुङ्गिन्छ : पूर्वप्रम खनाल
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अबको एक साता भित्रमा पाँच दलीय गठबन्धन टुङ्गो लाग्ने बताउनुभएको छ ।