• १३ वैशाख २०८१, बिहिबार

खेलाडी उत्पादनमा सहयोग पुर्‍याउन फुटबल प्रतियोगिता

blog

रेफ्रीलाई हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख अमिर मादेन । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १६ गते । ताप्लेजुङको एक धार्मिक विद्यालयले आधारभूत तह स्तरमा अध्ययनरत विद्यार्थीको सहभागितामा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरेको हो । 

फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको भोटेगाउँ बुङ्कुलुङस्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्य राखेर अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको हो । 

प्रतियोगितामा फुङ्लिङ नगरपालिकाभित्रका १२ वटा विद्यालयले सहभागिता जनाएको विद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार खेलाडी टोलीमा आधारभूत तह स्तर अर्थात कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी सहभागी छन् । 

फुटबल विधाका खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शेर्पाले बताउनुभयो । शनिबार सम्पन्न हुने प्रतियोगिताको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले उद्घाटन गर्नुभएको छ ।