• १४ चैत २०८२, शनिबार

प्रधानमन्त्री कप भलिबल लिग वैशाखमा

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत १४ गते । १०औँ संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग वैशाखमा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा वैशाख १० देखि १९ गतेसम्म हुने लिगमा पुरुषमा आठ र महिलामा ६ सहित १४ टोलीको सहभागीता रहने आयोजक नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेताले १० लाख रुपियाँ पुरस्कार पाउने छ । यस्तै उपविजेतालाई पाँच लाख र तेस्रो हुने टोलीलाई दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । 

विधागतर्फ सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार र अन्य उत्कृष्टलाई जनही ३० हजार रुपियाँ प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड १५ लाख रुपियाँ खर्च हुने पनि सङ्घले जनाएको छ ।