• १५ चैत २०८०, बिहिबार

कुटपिटबाट महिलाको मृत्यु भएपछि न्याय माग्दै प्रहरी कार्यालय घेराउ

blog

प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थनीय । तस्बिर: निशा राई

निशा राई 

धरान, मंसिर १६ गते। धरान उपमहानगरपालिका वडा नम्बर १३ सूर्यमार्गमा जनजागृति महिला समूहको कुटपिटबाट घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि तनाव भएको छ। 

न्यायको माग राख्दै आरोपित सबैलाई पक्राउ गर्नुपर्ने माग राखेर शुक्रबार मृतकका छिमेकी, आफन्त र भेला भएर इलाका प्रहरी कार्यालय धरान घेराउ गरेका हुन्। 

कार्तिक ३ गते आरोपीमध्ये उर्मिला राईले शङ्काको भरमा आफन्त र केही महिलासहित गएर मृतक राईलाई कुटपिट गरेको थियो। कुटपिट भएको एक महिनापछि उपचारको क्रममा उहाँको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत मंगलबार मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले मुख्य आरोपित उर्मिला राई पक्राउ परिसकेको र सोधपुछ भइरहेका जानकारी दिनुभयो। 

मृतक राई २ छोरीको साथ डेरामा बस्नुहुन्थ्यो। उहाँका श्रीमानको दुई वर्षअघि नै मृत्यु भइसकेको छ। कपडा सिलाएर उहाँले घर खर्च जुटाउँदै आउनुभएको थियो।