करोड लागतमा निर्माण गरिएको एकीकृत बस्तीमा बाख्रा
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कमा भूमिहिनका लागि निर्माण गरिएको रामनाथ एकीकृत नमूना बस्तीमा बाख्रा राखिएको पाइएको छ । भुकम्प पीडितका लागि निर्माण गरिएको घरको कोठामा बाख्रा‚ दाउरा, मकैको खोस्टा र ढोड राखिएको पाइएको हो ।
ताप्लेजुङमा दुई मतदान स्थल थप
ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएको छ । जिल्लामा थप भएको दुईसमेत अब आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७५ वटा मतदान स्थल कायम भएको छ ।
कालोबजारी नियन्त्रण गर्न अनुगमन
कालोबजारी नियन्त्रणका लागि ओखलढुङ्गामा बजार अनुगमनलाई तीव्रता दिइएको छ। चाडपर्वको अवसरमा हुने कालोबजारी साथै अखाद्य वस्तुको बिक्री रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई प्रभावकारी बनाएको छ। चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले प्रहरी, उद्योग वाणिज्य सङ्घ र सरोकारवालाको समूह बनाई सदरमुकाम र जिल्लाका अन्य क्षेत्रका होटल र किराना पसलमा अनुगमन थालेको छ।
दमक अस्पतालमा औषधि अभाव
झापाको सरकारी दमक अस्पतालमा बिरामीले सरकारले निःशुल्क प्रदान गर्ने गरेको र बीमाबाट पाइने तोकिएको औषधि पाउन छाडेको गुनासो गरेका छन्। दमक नगरपालिकासहित झापाको कमल गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिकालगायत आसपासका क्षेत्रका बीमाका बिरामीहरूका लागि पहिलो बिन्दु अस्पतालका रूपमा दमक अस्पताल रहेको छ।
किसानलाई बङ्गुर बेच्नै गाह्रो
बङ्गुरपालन गर्ने किसानले राष्ट्रिय किसान आयोगको अन्तक्र्रिया कार्यक्रममा आक्रोश पोखेका छन् । राष्ट्रिय किसान आयोगले बिहीबार मोरङको उर्लाबारीमा बङ्गुरपालक किसानका समस्या र तिनको समाधान उपाय खोजी गर्न अन्तक्र्रिया आयोजना गरेको थियो । पछिल्लो समय बङ्गुरमा देखिएको अफ्रिकन फिवर नेपालमा नभित्रिँदै हल्लाका कारण बङ्गुर व्यवसाय चौपट भएको किसानको गुनासो थियो । उर्लाबारी–९, भोटेपुलका किसान रमण बस्नेतले बङ्गुरपालकलाई बजारको समस्या रहेको बताउनुभयो ।
तराईभन्दा पहाडमा डेङ्गुको सङ्क्रमण बढी
पछिल्लो समय प्रदेश १ मा डेङ्गुको सङ्क्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामीको सङ्ख्या प्रदेश १ मा दिन प्रतिदिन बढिरहेको छ। प्रदेश १ का १४ जिल्लाभरि डेङ्गुका बिरामीको सङ्ख्या ५७९ पुगेको छ।
सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालन
प्रदेश १ सरकारले सङ्क्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ। कोभिड–१९ सङ्क्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेसनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रमा रूपान्तरण गरेर सञ्चालनमा ल्याइएको हो।
तराईमा भन्दा पहाडमा डेंगुको सङ्क्रमण बढी
पछिल्लो समय प्रदेश नं. एकमा डेङ्गुको सङ्क्रमण वढ्दो छ । स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइवाट हुने डेंगुका बिरामीको सङ्ख्या प्रदेश नं. १ मा दिन प्रतिदिन बढिरहेको छ ।
सङ्खुवासभाका ९५८ उम्मेदवारलाई १८ करोड ९० लाख रुपियाँ जरिवाना
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका ९५८ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । जिल्लाका दश स्थानीय तहका लागि उम्मेदवार बनेर खर्च विवरण पेस नगरेकाहरूलाई १८ करोड ९० लाख रुपैयाँ जरिवाना तोकेको हो ।
स्कुल र बस्तीबीच जग्गाको झ्याउलो
मोरङको रतुवामाई–५, उलुघुटुस्थित सुनवर्षी माविले स्थानीय ३९ परिवारलाई राजीनामा पास गरिदिने भनेर लिखित सम्झौता गरेको १२ वर्ष बितिसक्दा पनि अझै जग्गा पास गरिदिन सकेको छैन। २०६७ सालमा उच्च मावि सञ्चालनका लागि पूर्वाधार निर्माण एवं स्वीकृति प्राप्त गर्न आर्थिक अभाव भएपछि विद्यालयले आफ्नो नाममा रहेको राजघाट–६(प) को कित्ता नं. ४७ को १ बिघा ७ कट्ठा १४ धुर जग्गा बिक्री गर्ने निर्णय गरेको थियो। २०६६ को जेठ ८ गते अभिभावकको आम भेलाले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम सो क्षेत्रका ३९ परिवारले प्रति कट्ठा दुई लाखको दरले २०६७ साल पुस १६ गते विद्यालयको जग्गा खरिद गरेका थिए।
खसीको मासु पकाउँदा बाख्राको गन्ध
विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ। चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्य्राउने अचानो र खुकुरीसम्मको सरसफाइमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो। फ्रेस हाउसको स्वच्छताको अभावमा मानवीय स्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राखेर सुरु गरिएको अनुगमनमा मङ्गलबार विराटनगर–९ स्थित एक मासु पसलमा खसी भन्दै बाख्राको मासु बिक्री गरेको भेटिएको छ।
पाँचथरमा मतदाता घटे
पाँचथरमा मतदाता घटेका छन् । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा १ हजार २ सय ९२ मतदाता घटेको देखिएको छ ।
पर्यटकीय स्थलको प्रवर्द्धन गर्न सूर्योदयमा फोटो प्रतियोगिता
विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता गर्ने भएको छ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो ।
नौ सय साठी मतदाता घटे
खोटाङमा नौ सय ६० मतदाता घटेका छन्, स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ।
चौध सय मतदाता थपिए
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सोलुखुम्बुमा एक हजार चार सयभन्दा बढी मतदाता थपिएका छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा आसन्न सङ्घ र प्रदेश सभा निर्वाचनका लागि एक हजार ४८३ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख रामनारायण शाहका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ८० हजार १९ मतदाता थिए भने पछिल्लो समय निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार हाल जिल्लाको कुल मतदाताको सङ्ख्या ८१ हजार ५०२ पुगेको छ। जसमा पुरुष ४२ हजार १३३ र महिला ३९ हजार ३६९ रहेका छन्।
लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
खोटाङमा डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोज्दै नष्ट गर्ने अभियान सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहकार्यमा दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिकास्थित स्वास्थ्य शाखाले डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ। नगरप्रमुख तीर्थराज भट्टराई, जिल्ला अस्पतालका प्रमुख डा. नितु लामा, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंलगायत स्वास्थ्यकर्मीको उपस्थितिमा बजारभित्र लार्भा खोज्दै नष्ट गर्ने र डेङ्गुबाट बच्ने चेतना नागरिकलाई दिँदै बजार परिक्रमा गरिएको नगरका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले जानकारी दिनुभयो। यस्तै अभियान बुधबारबाट जिल्लाका सबै पालिकामा पनि सञ्चालन गरिने स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत चौलागाईंले बताउनुभयो।
अठार सयको आँखा जाँच, दुई सय ५० जनाको शल्यक्रिया
राधा लुइटेलफिदिम, असोज ४ गते । पाँचथरको फिदिममा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा दुई सय ५० जनाको अप्रेसन गरिएको छ। मोतियाबिन्दु र आँखामा ऐजेरु पलाएका यत्तिका बिरामीको आँखा अप्रेसन गरिएको हो।शिविरमा १ हजार ८ सय ६ जनालाई आँखा जाँच गरेर औषधि वितरण गरिएको छ। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको परोपकारी संस्था जनसेवा समाजको आयोजनामा असोज १ गतेदेखि आँखा शिविर सुरु गरेको थियो। शिविरमा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक तथा नेपाली सेनाको रणशेर गणले स्वयंसेवी भूमिका निर्वाह गरेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।शल्यक्रिया गरिएका बिरामीका आँखाको पट्टी खोलेर अन्तिम परीक्षणसँगै असोज ५ गते बुधबार शिविरको औपचारिक समापन गरिने अधिकारीको भनाइ छ।
रुखमा कार ठोक्किँदा २ को मृत्यु
पूर्व–पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० स्थित सैनिक चौकमा मंगलवार बेलुका ४ ः १० बजे कार अनियन्त्रित भई दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ ।
स्थानीय सरकारलाई मजवुद बनाउनु पर्छ : प्रमुख खापुङ
प्रदेश १ का प्रमूख पर्शुराम खापुङले नागरिकको घर दैलासम्म संघीयताको अनुभुति गराउन स्थानीय सरकारलाई मजवुद बनाउनु पर्ने बताउनुभएको छ । नेपालको संविधानले परिकल्पना गरेका तीन तहका सरकारमध्ये नागरिकका घर दैलोसम्म प्रत्यक्ष उपस्थित हुने र आमनागरिकले भेट्न सक्ने स्थानीय सरकार भएकाले यस्लाई मजवुद बनाउनुपर्ने उहाँको धारणा छ ।
स्रष्टापार्क पुग्न पर्यटकीय पुल बन्ने
ओखलढुङ्गा सदमुकाम बजार नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ ।
सञ्चालनमा आउन सकेन चिस्यान केन्द्र
खोटाङमै पहिलो चिस्यान केन्द्र (शीत भण्डार) का रुपमा बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन् । हरेक शुक्रबार साप्ताहिक हटिया लाग्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण भई उदघाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो ।
बाँकी जीवन विकास र समृद्धिमा खर्चिने छु : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जीवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभएको छ। आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको भन्दै अब विकास र समृद्धिमा लाग्ने प्रतिबद्धता जनाउनुभयो। सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शøयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले जनतालाई अधिकार सम्पन्न बनाउन तल्लो तहलाई अझ अधिकार दिनुपर्ने धारणा राख्नुभयो।
साझा नाम ‘सन्थाल’ राख्न माग
पूर्वी नेपालको झापा, मोरङ सुनसरीमा बस्दै आएका आदिवासी लोपोन्मुख सन्थाल समुदायले आफ्नो समुदायको पहिचानको साझा नाम ‘सन्थाल’ राख्न र जनगणनाबाट सतार हटाउन सरकारसँग माग गरेका छन्। यसअघि सन्थाल, सन्ताल वा सान्ताडमध्ये के राख्ने भन्नेमा लामो समयदेखि यो समुदायमा विवाद रहँदै आएको थियो। उनीहरूले अब ‘सतार’ शब्द हटाएर वास्तविक थर लेख्ने अभियानमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘सतार’ शब्दले आफ्नो समुदायलाई होच्याउने, अपमानित गर्ने, भावनामा ठेस पु¥याएको भन्दै
तमोर करिडोरमा सवारी चल्दा स्थानीयलाई सहज
केही बर्ष अघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायात सुबिधा लिन मुस्कील थियो । यातायात चढ्नै पर्ने अबस्था आएमा घण्टौ लगाएर मेची तथा कोशी राजमार्ग पुग्नुपर्थो । यी क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टौ बोकेर जोहो गर्नेगरेका थिए । अहिले तमोर करिडोर सडकमा सवारी साधन सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ ।